प्रचण्ड ऐतिहासिक महत गाउँमा
सारांश
- पुष्पकमल दाहाल प्रचण्डले रुकुम पूर्वको महत गाउँमा सहिदको सम्झना गरे।
- प्रचण्डले फागुन २१ को निर्वाचनका लागि रुकुम पूर्वका उम्मेदवारको रूपमा सहिदको सालिकमा माल्यार्पण गरे।
- २०५६ सालमा माओवादीले डीएसपी ठुले राईलाई नियन्त्रणमा लिएको थियो, पछि दुवै पक्षले आ-आफ्ना व्यक्तिलाई हस्तान्तरण गरे।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वको ऐतिहासिक महत गाउँ पुगेर सहिदलाई सम्झेका छन् । फागुन २१ को निर्वाचनका लागि रुकुम पूर्वका उम्मेदवार रहेका प्रचण्डले बिहानी महत गाउँ पुगेर सहिदका सालिकमाथि माल्यार्पण गरेका हुन् ।
जनयुद्धका क्रममा राज्य पक्षबाट हत्या गरिएका ५८ जनाको स्मृतिमा निर्माण गरिएको युद्ध स्मृति पार्क जसको पृष्ठभूमिमा ऐतिहासिक महत गाउँ रहेको छ । २०५६ साल असोज ५ गते महत गाउँमा प्रहरीका डिएसपी ठुले राईलाई तत्कालीन माओवादीले आफ्नो नियन्त्रणमा लिएको थियो।

पछि राज्य पक्ष र तत्कालीन माओवादीबिच सम्झौता भई राज्यले नियन्त्रणमा लिएका देव गुरुङलाई माओवादीसमक्ष बुझाएको थियो भने माओवादीले डीएसपी ठुले राईलाई राज्यलाई सुम्पेको थियो।
राई जनयुद्धमा माओवादी नियन्त्रणमा परेका उच्च प्रहरी अधिकारी थिए । २०५७ चैत्रमा रुकुमकोट चौकी आक्रमण गरी पूर्ण कब्जा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थान कब्जा गर्ने नेपालको दाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण