प्रतिनिधिसभा निर्वाचनका लागि ७७ जिल्लामै ७०० पर्यवेक्षक परिचालन
सारांश
- निर्वाचन पर्यवेक्षण समितिले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि ७७ जिल्लामा ७०० पर्यवेक्षक परिचालन गरेको छ।
- समितिले निर्वाचन आचारसंहिता पालनाको सूक्ष्म अध्ययनका लागि दक्ष पर्यवेक्षकहरूलाई खटाएको छ, जसमा ४० जना दीर्घकालीन पर्यवेक्षक पनि छन्।
- पर्यवेक्षकहरूले निर्वाचन प्रचार प्रसारमा हुने खर्च र आचारसंहिताको पालना लगायतका विषयमा निगरानी गर्नेछन्।
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको निष्पक्षता र पारदर्शिता सुनिश्चित गर्न निर्वाचन पर्यवेक्षण समिति नेपालले देशभर ७७ वटै जिल्लामा ७०० पर्यवेक्षक परिचालन गरेको छ।
निर्वाचन ऐन, कानुन र आचारसंहिता पालनाको अवस्थाबारे सुक्ष्म अध्ययन र अवलोकन गर्न समितिले माघ २४ र २५ गते नै दक्ष पर्यवेक्षकहरूलाई दुईदिने विशेष प्रशिक्षण दिएर कार्यक्षेत्रमा खटाएको हो।
समितिले स्वयंसेवक, अल्पकालीन, दीर्घकालीन र विशिष्ट विज्ञ पर्यवेक्षकहरूलाई क्रमिक रूपमा परिचालन गर्ने तयारी गरिरहेको छ। यसै सिलसिलामा हाल ४० जना दीर्घकालीन पर्यवेक्षकहरूले निर्वाचनका सम्पूर्ण विधि र प्रक्रियालाई नजिकबाट नियालिरहेका छन्।
उनीहरूले निर्वाचन आयोग, नेपाल सरकार, राजनीतिक दल, सुरक्षा निकाय, उम्मेदवार र सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले आचारसंहिता पालना गरे/नगरेको विषयमा कडा निगरानी गरिरहेका छन्।
विशेष गरी निर्वाचन प्रचार प्रसारमा हुने खर्च र त्यसको स्रोतबारे पनि पर्यवेक्षकहरूले गहिरो अवलोकन गरिरहेको समितिले जनाएको छ । सञ्चारकर्मी, सामाजिक संघसंस्था र मतदाता समेतको भूमिकालाई अनुगमनको दायरामा ल्याइएको छ।
समितिका अध्यक्ष श्रीकृष्ण सुवेदीले एक विज्ञप्ति जारी गर्दै निर्वाचनलाई कानुनसम्मत, शान्तिपूर्ण, स्वच्छ, निष्पक्ष, स्वतन्त्र, मर्यादित र मितव्ययी बनाउन सबै सरोकारवाला पक्षबाट सकारात्मक योगदानको अपेक्षा गरिएको उल्लेख गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण