बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
पर्सा–१

मतदाताको घरघर पुग्न थाले उम्मेदवार, बढ्यो चुनावी रौनक

मङ्गलबार, ०५ फागुन २०८२, १८ : ४५
मङ्गलबार, ०५ फागुन २०८२

सारांश

  • निर्वाचन आयोगले चुनावी प्रचारप्रसारका लागि अनुमति दिएपछि दलहरूले चुनावी अभियान सुरु गरेका छन्।
  • पर्सा निर्वाचन क्षेत्र नम्बर-१ मा विभिन्न दलका उम्मेदवारहरू मतदाता भेटघाट र घरदैलो अभियानमा सक्रिय भएका छन्।
  • कांग्रेस, एमाले, रास्वपा, जसपा नेपाल लगायतका दलहरूले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै भोट मागिरहेका छन्।

वीरगञ्ज । २१ फागुनको चुनावका लागि यही ४ गतेदेखि चुनावी प्रचारप्रसारका लागि राजनीतिक कार्यक्रम गर्ने निर्वाचन आयोगले इजाजत दिएसंगै दलहरूले चुनावी अभियान सुरु गरेका छन् । 

यसअघि कार्यकर्ता भेटघाट गरिरहेका दलका उम्मेदवारले भने मतदाता भेटघाटमा तीव्रता दिएका छन् । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा विभिन्न दल तथा स्वतन्त्रबाट उम्मेदवार बनेकाहरू चुनावकेन्द्रित अभियानमा सक्रियता बढाएका छन् । 

क्षेत्रका वडाहरूमा घरदैलो, पार्टी प्रवेश तथा सम्पर्क कार्यालय स्थापना गरेर मतदातासँग संवाद गर्न थालेको देखिएको छ ।  

मंगलबार बिहान क्षेत्र नम्बर– १ मा नेपाली कांग्रेस, नेकपा एमाले, रास्वपा, जसपा नेपाल, नेपाली कम्युनिस्ट पार्टी, जनमतसहित दलका उम्मेदवारहरूले मतदाताको घरघरमा पुगेर भोट मागिरहेको देखिन्थ्यो ।मतदातासँग प्रत्यक्ष संवाद तथा भेटघाट गरेर आफ्नो पार्टीलाई मतदान गर्न आग्रह गरिरहेका छन् । 

कुन पार्टीको के कार्यक्रम ?

नेपाली कांग्रेसको तर्फबाट पर्सा क्षेत्र नम्बर– १ का उम्मेदवार अनिल रुंग्टाले मंगलबार बिहान सहरी क्षेत्रमा घरदैलो गरे । वीरगञ्ज महानगरपालिकाको वडा नम्बर– २ छपकैयामा उम्मेदवार रुंग्टाले घरदैलो कार्यक्रम गरेका हुन् । दलबलसहित पुगेका उनले मतदातासँग बेरोजगारीसहित क्षेत्रको चौतर्फी विकास गर्न पछि नपर्ने भन्दै भोट मागेका थिए । 

Anil-rungata

मतदाताहरूको घरमा उम्मेदवारहरू पुग्न थालेपछि वातावरण निर्वाचनमय बन्दै गएको छ । 

कांग्रेस मात्रै नभई नेकपा एमालेले पनि आज घरदैलो गरेको छ । वीरगञ्ज–१६ इनर्वामा नेकपा एमालेले घरदैलो गरेको हो । नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले बिहान इनर्वामा घरदैलो गरेका हुन् । युवा, वृद्ध, ज्येष्ठ नागरिक, महिलासँग प्रत्यक्ष रूपमा भेटघाट गर्दै उम्मेदवार यादवले आफूलाई मतदान गर्न आग्रह गरेका थिए । 

pradip-yadaw

मतदातासँग भेट्दै उनले आफ्नो क्षेत्रको विकासमा आफू सधै अगाडि रहिरहने ठाउँ–ठाउँमा प्रतिबद्धता जनाएका थिए । 

यसैगरी रास्वपाका उम्मेदवार हरि पन्त पनि पनि आज आफ्नो निर्वाचन क्षेत्रको ३२ नम्बर वडामा चुनावी अभियानमा जुटेका थिए उनले बिहान घरदैलो कार्यक्रम गरेसँगै पार्टी प्रवेश कार्यक्रम राखेका थिए । सयौंको संख्यामा पार्टी प्रवेश गराएका पन्तले देशको बेथिति, भ्रष्टाचार र बेरोजगारी समस्या समाधानका लागि निर्वाचनमार्फत ‘घण्टी’लाई जिताउन अनुरोध गरेका थिए । उनले आफू जिते क्षेत्रको विकास सँगसँगै बेरोजगारी समस्या समाधान गर्ने पार्टी प्रवेश कार्यक्रममा प्रतिबद्धता जनाएका थिए । 

Hari-pant

जसपा नेपालको तर्फबाट उम्मेदवार बनेका रामनरेश यादवले पनि चुनावी नतिजा आफ्नो पोल्टामा पार्न आज घरदैलो अभियान चलाएका थिए । उनले महानगरको ३१ नम्बर वडा बेल्वामा घरदैलो गरेका थिए । मतदातसँग प्रत्यक्ष भेट्दै मधेस आन्दोलनको एजेन्डा जोगाउन तथा मधेसको सान जोगाउन जसपा नेपाललाई जिताउन उनले आग्रह गरेका थिए । 

Ramnares-yadav

यता नेपाली कम्युनिस्ट पार्टीका ३३ वर्षीया उम्मेदवार अजय चौरसीयाले पनि आजै घरदैलो अभियानसँगै मतदाता भेटघाट तथा संवाद कार्यक्रम आयोजना गरे । यही क्षेत्रको वडा नम्बर–१५ मा नेकपाले घरदैलो कार्यक्रम गरेको थियो । पर्सा–१ मा १९ वटा वडा छन् । 

Ajay-chaurasiya

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप