निर्वाचनले रास्वपालाई पाँच वर्षका लागि सरकार चलाउने म्याण्डेट दिने अपक्षा गरेका छौँ : रवि लामिछाने
सारांश
- रास्वपाका सभापति रवि लामिछानेले आगामी निर्वाचनबाट देशमा व्याप्त कुशासन अन्त्य गर्ने दाबी गरे।
- उनले जनतासँग लिखित सम्झौता गर्दै ५ वर्षको स्थायी सरकार चलाउन मतदातासँग आग्रह गरे।
- लामिछानेले सुदूरपश्चिमका नेपालीहरूलाई मतदानका लागि छुट्टी मिलाएर आउन आग्रह गरे।
धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी निर्वाचनबाट देशमा व्याप्त कुशासन र बेथितिको ‘सटर’ सधैँका लागि बन्द हुने दाबी गरेका छन् । बुधबार सुदूरपश्चिमको धनगढीमा आयोजित विशाल चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले अब जनताले नेतालाई भोट मात्र दिने नभई ‘कन्ट्रयाक्ट’ गर्ने युगको सुरुवात भएको बताएका हुन् ।
उनले वर्षौँदेखि जनताका मुद्दालाई चुनावी घोषणापत्रमा आकर्षक अक्षरले लेख्ने तर पूरा नगर्ने राजनीतिक परिपाटीको अन्त्य गर्न रास्वपा मैदानमा आएको जिकिर गरे । नेपालको इतिहासमा पहिलोपटक रास्वपाले जनतासँग लिखित सम्झौता गरेको दाबी गर्दै सभापति लामिछानेले यसपटक ५ वर्षको स्थायी सरकार चलाउने म्यान्डेट दिन मतदातासँग आग्रह गरे ।
अहिलेसम्म नेताले वाचा गर्ने र त्यो पूरा नहुँदा जनताले नै सजाय भोग्नुपर्ने अवस्था रहेको भन्दै उनले अब वाचा पूरा नगर्ने नेताले सजाय पाउने पद्धति बसाल्नुपर्नेमा जोड दिए । सिंहदरबारको संरचना मात्र नभई त्यहाँको कार्यशैली र नियत बदल्न रास्वपा प्रतिबद्ध रहेको उनको भनाइ छ ।
पुराना दलहरूले रास्वपा आए गरिबको बस्तीमा डोजर लगाउँछन् भन्दै भ्रम फैलाएको आरोप लगाउँदै लामिछानेले ३५ वर्षसम्म जनताको सपनामाथि कसले डोजर चलायो भनी प्रतिप्रश्न गरे । उनले सुदूरपश्चिमका समस्यालाई भोट बैंक मात्र बनाउने युगको अन्त्य गर्ने प्रतिवद्धता जनाए । भ्रष्टाचार र बेथिति आधा होइन, पूर्ण रूपमा जरैदेखि उखेल्नका लागि प्रत्यक्ष र समानुपातिक दुवैतर्फ 'घण्टी' चिह्नमा मतदान गर्न उनले आह्वान गरे ।
लामिछानेले विशेष गरी भारतमा कार्यरत सुदूरपश्चिमका नेपालीहरूलाई सम्बोधन गर्दै देश बदल्ने यो ऐतिहासिक अवसरमा छुट्टी मिलाएर भए पनि मतदान गर्न आउन अपिल गरे । २१ गतेको निर्वाचनमा भोट मात्र हाल्ने नभई नयाँ इतिहास लेख्ने अवसर भएको उनको दाबी छ ।
जनताको अधिकारलाई मागका रूपमा अल्झाइराख्ने राजनीतिक विकृति अब धेरै दिन नटिक्ने भन्दै उनले कुशासनको सटर बन्द गराएरै छाड्ने उद्घोष गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पिक आवर’मा तीन हजार २४८ मेगावाट बिजुली माग
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण