रास्वपाको चुनावी सभामा पत्रकारमाथि दुर्व्यवहार: नेपाल पत्रकार महासंघ सुदूरपश्चिमको ध्यानाकर्षण
सारांश
- सुदूरपश्चिम प्रदेश समितिले रास्वपाको चुनावी सभामा पत्रकारमाथि भएको दुर्व्यवहारको निन्दा गरेको छ।
- रास्वपाका कार्यकर्ताले पत्रकारलाई धकेलाधकेल गरेको र पास बिना सभा स्थलमा जान नदिएको बताइएको छ।
- महासंघले चुनावमा पत्रकारलाई निर्बाध समाचार संकलन गर्न र आचारसंहिता पालना गर्न आग्रह गरेको छ।
काठमाडौँ । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कैलालीको धनगढीमा आयोजना गरेको चुनावी सभामा समाचार संकलनका लागि पुगेका पत्रकारहरूमाथि भएको रोकटोक र दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाको निन्दा गरेको हो ।
विज्ञप्तिमा जनाइएअनुसार, रास्वपाको पासबिना आमसभा स्थलमा जान नमिल्ने भन्दै पत्रकारहरूलाई धकेलाधकेल गरिएको थियो । महासंघले रास्वपाका कार्यकर्ताहरूले गरेको यस्तो कार्य नेपालको संविधानको प्रस्तावनामा उल्लेखित पूर्ण प्रेस स्वतन्त्रताको अधिकारको प्रतिकूल भएको ठहर गरेको छ ।
महासंघले आसन्न चुनावका हरेक चुनावी कार्यक्रमहरूमा पत्रकारहरूलाई निर्बाध रूपमा समाचार संकलन गर्न निर्वाचनमा सहभागी सबै राजनीतिक दलहरूलाई अनुरोध गरेको छ । साथै, प्रदेशभरिका सबै सञ्चारकर्मीहरूलाई पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिताको पूर्ण रूपमा पालना गर्दै कुनै पार्टी वा उम्मेदवारको एकपक्षीय प्रचारमा संलग्न नहुन पनि महासंघले आग्रह गरेको छ ।
_2XcGdATLa8.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण