पर्सा प्रहरीले मतदानस्थलमा सिसी क्यामेरा जडान गर्ने
सारांश
- पर्सा प्रहरीले निर्वाचन सुरक्षाका लागि १६७ मतदानस्थलमा सिसी क्यामेरा जडान गर्ने भएको छ।
- प्रहरीका अनुसार, यसले मतदान प्रक्रियालाई सुरक्षित र व्यवस्थित बनाउन मद्दत गर्नेछ।
- प्रहरीले निर्वाचन शान्तिपूर्ण बनाउन सबैलाई सहयोग गर्न आग्रह गरेको छ।
पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई थप प्रभावकारी बनाउन जिल्लाका १६७ मतदानस्थलमा सिसी क्यामेरा जडान गर्ने भएको छ ।
प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरीबहादुर बस्नेतले निर्वाचनलाई सुरक्षित, निष्पक्ष तथा व्यवस्थित रूपमा सम्पन्न गराउने उद्देश्यले मतदानस्थलमा सिसी क्यामेरा जडान गरी निरन्तर निगरानी गरिने जानकारी दिएका छन् ।
कार्यालयले फागुन १७ गतेसम्म सबै मतदानस्थललाई सिसी क्यामेरा प्रणालीसँग जोड्ने तयारी गरिएको बताइएको छ ।
प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक बस्नेतका अनुसार सिसी क्यामेरा जडानपछि मतदान प्रक्रियालाई थप सुरक्षित, पारदर्शी तथा मर्यादित बनाउन सहयोग पुग्ने दाबी गरे। सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन आवश्यक जनशक्ति परिचालन, नियमित अनुगमन तथा सम्बन्धित निकायसँग समन्वयात्मक कार्यलाई प्राथमिकतामा राखिएको र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सबै सरोकारवाला तथा आम नागरिकलाई सहयोगका लागि आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण