को प्रहरी, को शहीद !
सारांश
- प्रहरी र शहीदहरूबीचको संवादमा द्वन्द्वको कारण र परिणामबारे छलफल भयो।
- उनीहरूले विगतका घटनाहरूलाई सम्झे, जसमा दुवै पक्षका व्यक्तिहरू मारिएका थिए।
- अन्ततः, उनीहरूले मृत्युपछिको जीवनमा एकता अनुभव गरे र शान्ति पाए।
‘ओहो ! यहाँ त टेक्नै नपर्ने रहेछ, उडिँदो रहेछ है’, बादलमाथि उडिरहेका नीलो पोसाक लगाएका तीनजना प्रहरीमध्ये एकजनाले भने ।
‘अनि यार ! हामीले त सास जाने बेलामा सिभिल कपडा लगाएका थियौँ ! यहाँ कसरी पुलिस युनिफर्ममा आइपुगियो त !’ अर्कोले भने ।
‘अब यही युनिफर्मको नुन खाएर होला नि यार !’, तेस्रो प्रहरी ।
‘ओहो केटा हेर त ! त्यहाँ त कस्तो रमाइलो रहेछ, नाचगान गर्दै बसेका रहेछन्, जाऔँ न हामी पनि !’ पहिलो प्रहरीले पर बादलमाथि नाचगान गर्दै रमाइरहेको समूहतर्फ देखाउँदै भने ।
‘यहाँ पनि ड्युटी गर्ने, अरू रमाएको ठाउँमा ?’ दोस्रो प्रहरी ।
नेपाल प्रहरीको पोसाक लगाएका तीनजनालाई देखेपछि भीड झस्कियो । सङ्गीत एकैछिन रोकियो । नाचगान रोकियो । ‘तिमीहरू यहाँ पनि आयौ ?’, एकजना युवा आक्रोशित मुद्रामा बोले ।
‘हा हा ! पर्दैन यहाँ त, हामी पनि नाच्न, गाउन, रमाउन पाइन्छ, जाऔँ, जाऔँ’, हाँस्दै तेस्रो प्रहरी ।
तीनैजना उडेर एकैछिनमा बादलको अर्को छेउ पुगे ।
७०/८० जनाको समूह रहेछ । सबै खुसीले गाइरहेका, नाचिरहेका र झुमिरहेका थिए ।
नेपाल प्रहरीको पोसाक लगाएका तीनजनालाई देखेपछि भीड झस्कियो । सङ्गीत एकैछिन रोकियो । नाचगान रोकियो ।
‘तिमीहरू यहाँ पनि आयौ ?’, एकजना युवा आक्रोशित मुद्रामा बोले ।
‘तिमीहरूले हाम्रो पछि नछोड्ने भयौ हैन ?’, समूहमा आवाज आउन थाल्यो ।
‘हामी यहीँ आउने भनेर आएका होइनौँ क्यारे ! अब थाहा पाउँदा यहीँ आइसकिएको थियो, हामी तीनजनाको यहीँ भेट भएको हो ! स्वर्ग नै आउन पाउनुपर्छ भन्ने हाम्रो माग पनि थिएन’, पहिलो प्रहरी बोल्यो ।
‘अरू कुरा थाहा छैन किन गोली हान्यौ भन त हामीलाई’, एकजना फुच्चे केटा आक्रोशित मुद्रामा बोल्यो ।
‘कहाँ ?’, दोस्रो प्रहरी ।
‘भाद्र २३ गते, हानेनौ हामीलाई विभिन्न ठाउँमा ? अझ थाहा नपाए जस्तो गर्छौ’, अर्को भर्खरको युवा बोल्यो ।
‘हामीले के गरेका थियौँ भन त तिमीहरूलाई ! शान्तिपूर्ण आन्दोलन थियो, माइतीघरबाट बानेश्वरतर्फ गइरहेका थियौँ, केही साथीहरू आक्रोशित भए होलान्, ढुङ्गा हाने होलान्, त्यत्तिकैमा गोली हान्नुपर्ने त थिएन नि !’,
‘ओहो ! हजुरहरू २३ गतेका शहीदहरू पो हो ? लौ यहाँ आएर भेट भएछ, हामीलाई पनि धित नै मरेको छैन, हामीलाई किन पिटीपिटी मारेको भन त ?’, तेस्रो प्रहरी ।
‘यो कुरा छर्लङ्ग हुनुपर्छ, लौ ! बसेर कुरा गरौँ’, शहीदहरूमध्ये एकजनाले आफू पनि बस्दै सबैलाई बसाले ।
प्रहरीहरू एकातिर र शहीदहरू अर्कातिर बसे ।
‘हामीले के गरेका थियौँ भन त तिमीहरूलाई ! शान्तिपूर्ण आन्दोलन थियो, माइतीघरबाट बानेश्वरतर्फ गइरहेका थियौँ, केही साथीहरू आक्रोशित भए होलान्, ढुङ्गा हाने होलान्, त्यत्तिकैमा गोली हान्नुपर्ने त थिएन नि !’, सबैलाई बसाल्ने शहीद बोले ।
‘कहाँ शान्तिपूर्ण हुनु तपाईंहरूको आन्दोलन ? ढुङ्गा हान्ने, संसद् भवनको गेट भत्काउने, पर्खाल भत्काएर भवन जलाउन भित्र पस्ने शान्तिपूर्ण हुन्छ ?’, पहिलो प्रहरी ।
‘शान्तिपूर्ण थियो, केही साथीहरू मात्र आक्रोशित थिए होलान्, धेरैजसो विद्यार्थी थिए’, पछाडिबाट अर्को शहीद बोल्यो ।
‘अन्तिम साससम्म ड्युटी नछोड्ने भनेर तालिममै सिकाइएको हुन्छ हामीलाई । हाम्रो के दोष, हामीलाई त्यसरी नै तयार पारियो, हामीलाई चाहिँ किन कुटीकुटी मार्यौ नि ?’
‘हेर्नुस् ! हामीले यहाँ आएर कुरा राख्न पाइयो नि हैन ! यस्तो हुन्छ हेर्नुस् ! हामी प्रहरी भएपछि हाम्रो तालिम हुन्छ, तालिममा आफ्नो ड्युटीमा एक रत्ती पनि नडगमगाई काम गर्ने भनेर सिकाइएको हुन्छ । सिकाउने मात्र नभएर त्यसरी नै बाँच्ने बानी नै पारिदिइसकेको हुन्छ, संसद् भवनलगायतका संरचनाहरूको सुरक्षाको जिम्मा पनि हाम्रै थियो । अनि भवनको गेट भत्काउने, ढुङ्गा हान्ने, पर्खाल भत्काउने, भित्र प्रवेश गरेर आगो लगाउन खोज्नेलाई हामीले के गर्ने त ? हाम्रो हातमा बन्दुक थियो, तपाईंहरूको हातमा ढुङ्गा, इँटा र आगो । तपाईंहरूको हातमा भएको कुराले हामीलाई हान्नुभयो, हाम्रो हातमा भएकोले हामीले हान्यौँ, कुरा त्यही हो । अब तपाईंहरूले त्यसरी नहानेको भए, आगो लगाउन नखोजेको भए हाम्रो पनि कुनै रहर थिएन त्यसरी गोली चलाउने ।’, शालीन मुद्रामा एक प्रहरीले भने ।
‘एउटा संसद् भवन जलेर के हुन्थ्यो ? फेरि बनाउन सकिन्थ्यो, मान्छे फेरि बनाउन सकिन्छ ?’, एकजना शहीद उभिएर बोले ।
‘अन्तिम साससम्म ड्युटी नछोड्ने भनेर तालिममै सिकाइएको हुन्छ हामीलाई । हाम्रो के दोष, हामीलाई त्यसरी नै तयार पारियो, हामीलाई चाहिँ किन कुटीकुटी मार्यौ नि ?’, पहिलो प्रहरी ।
‘विद्यार्थीहरूलाई पनि गोली हान्ने ?’, पछाडिबाट आवाज आयो ।
‘विद्यार्थीहरू त स्कुल कलेज जाने होला नि ! त्यसरी ढुङ्गा हान्न आउने ? आगो लिएर संसद् भवन जलाउन आउने हो त ?’, दोस्रो प्रहरीले अलि ठूलो स्वरमा बोल्यो ।
‘घरमा कोही थिएन मेरो ! आमा मात्र छिन्, बिचरा आमालाई कसले हेर्छ अब ?’, शहीदहरूको भीडबाट एकजना बोले ।
‘मेरो पनि त श्रीमती र एउटा सानो २ वर्षको छोरा मात्र थिए, मेरो श्रीमती र छोरालाई कसले हेर्छ अब ?’, तेस्रो प्रहरी निराश मुद्रामा बोले ।
‘हामीलाई कुटीकुटी किन मार्यौ त्यो भन न पहिले ?’ पहिलो प्रहरी ।
‘हामीले हो र ! हामीलाई गोली हानेपछि हाम्रा साथीहरू आक्रोशित भएर कुट्दा सास गएको होला तिमीहरूको, जनताको आक्रोश रोक्न सक्ने अवस्था नै थिएन, कसले रोक्ने ? किन प्रहरी भएको त !’, सबैलाई बसाल्ने शहीद बोले ।
‘किन हुनु ! गरिबी थियो, रोजगार थिएन, परिवार पाल्नका लागि भएको नि ! त्यो नि सोध्ने कुरा हो ? धनी बाउको छोरा भएको भए जागिर खानु पर्थ्यो र ?’, दोस्रो प्रहरीले तुरुन्तै जवाफ फर्कायो ।
‘तिमीहरू त सधैँ हार्ने त हो ! हरुवाहरू... ! ०४६ सालमा पनि हारेकै हो, ०५२ सालदेखि ०५८ सालसम्मको जनयुद्धमा पनि हारेकै हो, राजा फाल्दा पनि हारेकै हो, अस्ति हेर त फेरि हार्यौ जनतासँग, हार्ने युद्ध किन लड्छौ ? थाहा पाउँदा पाउँदै किन लड्छौ ?’, पछाडिबाट आवाज आयो ।
‘होस् ! हामी यहाँ आए पनि हाम्रा बच्चाहरूले हामीले नदेखेका, नभोगेका सुखसुविधा पाऊन्’, धरतीतिर चियाउँदै श्रीमती र बच्चाको सहारा ऊ मात्र भएको भन्ने प्रहरी बोल्यो ।
‘हाम्रो कुनै रहर हुँदैन, खै कहाँबाट युद्ध सुरु हुन्छ ? कसले चलाएको हुन्छ ? कहिले सकिन्छ ? हामीलाई केही थाहा हुन्न, हामीलाई ड्युटी खटाउँछन्, ड्युटी गर्ने हो, ड्युटीमा आफ्नै बाउलाई पनि छोड्न हुन्न भन्छन्, हामीले के गर्ने भन्नुस् न त तपाईंहरू नै ! आखिर जित त तपाईंहरूकै भयो त ! परिवर्तन आयो भन्छन् नेपालमा !’, पहिलो प्रहरी नरम हुँदै बोल्यो ।
‘परिवर्तन त हामी सबैलाई चाहिएको हो नि ! हेर्नुस् तपाईंहरूले कल्पना गर्न सक्नुहुन्छ, हामी के कति तलबमा चौबिसै घण्टा खटिएर काम गर्थ्यौँ, हाम्रो पनि परिवार थियो नि, हाम्रो पनि छोराछोरीलाई राम्रो स्कुलमा पढाउने मन थियो नि ! देशको नेतृत्वले देशको अवस्थामा सुधार गरेको भए हाम्रो तलब पनि ब्रिटिस लाहुरे, सिङ्गापुर पुलिस र भारतीय सेनाको जस्तो हुन्थ्यो नि ! हामीलाई पनि कहाँ चित्त बुझेको थियो र !’, उनले आफ्नो कुरा थपे ।
‘ठीक छ ! अब परिवर्तन हुन्छ, देशले फड्को मार्छ’, अगाडि बसेका शहीद बोले ।
‘होस् ! हामी यहाँ आए पनि हाम्रा बच्चाहरूले हामीले नदेखेका, नभोगेका सुखसुविधा पाऊन्’, धरतीतिर चियाउँदै श्रीमती र बच्चाको सहारा ऊ मात्र भएको भन्ने प्रहरी बोल्यो ।
‘हो ! सुखसुविधा पाऊन्’, शहीदहरूको भीडबाट समूहमा आवाज गुञ्जियो ।
परिवर्तन र भोलिका कुराले सबैजना शान्त भए । सबैको अनुहारमा एक प्रकारको सन्तोष देखियो ।
यत्तिकैमा,
अचानक नै टाढाबाट मधुरो पियानोको सङ्गीत बज्यो । सङ्गीत यति मीठो थियो कि एकअर्काप्रतिको सबै गुनासो मस्तिष्कबाट बिलाएर गयो । एक प्रकारको आनन्दको अनुभव भयो सबैलाई । सबैजना सङ्गीतमा लीन भए ।
तीनजना प्रहरीहरू नयाँ श्वेत रङ्गको पोसाक लिएर बादलभित्र हराए र केही छिनमै नयाँ पोसाकमा भीडमा आए । अब सबै एउटै रङ्गको पोसाकमा थिए ।
‘जे हुनु त्यो भइसक्यो ! यत्रो दिन भइसक्यो, यहाँबाट छर्लङ्ग देखिँदो रहेछ धरती, परिवार देखेर दुई-चार दिन त कस्तो नमीठो लाग्यो, अहिले त केही लाग्दैन, यहाँसम्म आउनु रीत रहेछ, मृत्युलाई कसले छेक्ने ! अब त तपाईंहरू के आन्दोलनकारी, के हामी प्रहरी ! हामी सबै मुक्त भइसक्यौँ, सांसारिक मायामोह... सबैबाट !’, पहिलो प्रहरी बोल्यो ।
‘त्यसो भए अझै त्यही प्रहरी युनिफर्म के लगाइराखेको त ?’, समूहको बीचबाट एकजना बोले ।
‘त्यही त है ! अर्को कपडा भए हुने !’ तेस्रो प्रहरीले भनेको मात्र के थियो, बादलमा तीनवटा श्वेत रङ्गको पोसाक तैरँदै आयो ।
तीनजना प्रहरीहरू नयाँ श्वेत रङ्गको पोसाक लिएर बादलभित्र हराए र केही छिनमै नयाँ पोसाकमा भीडमा आए । अब सबै एउटै रङ्गको पोसाकमा थिए ।
मधुरो सङ्गीत अझै ठूलो भई बज्न थाल्यो ।
सङ्गीतको तालमा बिस्तारै एक-दुईजना गर्दै सबै नाच्न थाले ।
शहीद र प्रहरीहरू एउटै समूहमा मिसिएर नाच्दै थिए ।
हेर्दाहेर्दै सबै नचिनिने भए ।
को प्रहरी ! को शहीद !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण