दिल्लीमा युवाको सर्टलेस प्रदर्शनः नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी
सारांश
- नयाँ दिल्लीमा भएको एआई समिटमा युथ कांग्रेसका सदस्यहरूले शर्टलेस विरोध प्रदर्शन गरे।
- दिल्ली प्रहरीले प्रदर्शन नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको र गहिरो अनुसन्धान भइरहेको जनाएको छ।
- प्रहरीले प्रदर्शनकारीहरूले क्यूआर कोड प्रयोग गरेर प्रवेश गरेको र यस घटनाले सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको बताएको छ।
नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीको भारत मण्डपमा आयोजित ‘इन्डिया एआई इम्प्याक्ट समिट’का क्रममा युथ कांग्रेसका सदस्यहरूले गरेको ‘सर्टलेस’ विरोध प्रदर्शनबारे दिल्ली प्रहरीले अदालतमा महत्त्वपूर्ण दाबी गरेको छ ।
प्रहरीले रिमान्ड माग्ने क्रममा अदालतलाई प्रदर्शनको शैली छिमेकी देश नेपालमा भएको जेनजी आन्दोलनबाट प्रेरित भएको र सम्पूर्ण घटनाक्रमको गहन अनुसन्धान भइरहेको जानकारी गराएको छ ।
दिल्ली प्रहरीले प्रदर्शनमा संलग्न चार आरोपितलाई अदालतमा पेस गर्दै पाँच दिनको प्रहरी हिरासत माग गरेको छ । प्रहरीका अनुसार प्रदर्शनको योजना, यसमा संलग्न व्यक्तिहरू र सम्भावित षड्यन्त्रका विभिन्न पक्षहरूको गहन अनुसन्धानका लागि हिरासत आवश्यक छ । पक्राउ परेका आरोपितहरू युथ कांग्रेससँग सम्बन्धित रहेको बताइएको छ ।
अन्तर्राष्ट्रिय कार्यक्रमका क्रममा हंगामा
भारतीय मिडियाका उल्लेख भएको जानकारी अनुसार भारत मण्डपममा चलिरहेको अन्तर्राष्ट्रिय एआई समिटका क्रममा केही युवाले अचानक सर्ट खोलेर विरोध प्रदर्शन सुरु गर्दै नाराबाजी गरेका थिए । कार्यक्रममा विदेशी प्रतिनिधि, उद्योग जगतका वरिष्ठ अधिकारी र प्राविधिक विशेषज्ञहरू उपस्थित रहेकाले केही समयका लागि हंगामा मच्चिएको थियो ।
यस घटनापछि सुरक्षा व्यवस्थामाथि पनि प्रश्न उठेका छन् । कडा सुरक्षा प्रबन्धका बाबजुद प्रदर्शनकारी कार्यक्रमस्थलसम्म कसरी पुगे भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रारम्भिक अनुसन्धानमा केही व्यक्तिहरू क्यूआर कोडमा आधारित प्रवेश प्रणाली प्रयोग गरी भित्र प्रवेश गरेको खुलेको छ ।
प्रहरीका अनुसार प्रदर्शनको शैली नेपालमा हालैको जेनजी विरोध प्रदर्शनहरूसँग मिल्दोजुल्दो छ । अनुसन्धान एजेन्सीहरूले प्रदर्शनको रणनीति सामाजिक सञ्जाल वा कुनै अन्तर्राष्ट्रिय आन्दोलनबाट प्रभावित थियो कि थिएन भनेर पनि पत्ता लगाइरहेको बताएका छन् ।
यस घटनापछि राजनीतिक माहोल पनि गर्माएको छ । विपक्षी दलहरूले यसलाई युवाहरूको अभिव्यक्ति भनेका छन् भने सत्ता पक्षले अन्तर्राष्ट्रिय आयोजनका क्रममा यस्तो प्रदर्शनलाई देशको छविमा क्षति पुर्याउने कदम बताएको छ ।
दिल्ली प्रहरीले यस मामिलामा आपराधिक षडयन्त्रसहित विभिन्न धाराहरूमा अनुसन्धान जारी राखेको जनाएको छ । अधिकारीहरूका अनुसार सीसीटीभी र भिडियो फुटेजहरू हेरेर अन्य सम्भावित आरोपितहरूको पहिचान गरिँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण