झापामा रवि लामिछानेको म्याराथन दौड
सारांश
- रास्वपा सभापति रवि लामिछाने झापा र सुनसरीमा जनसम्पर्क कार्यक्रममा व्यस्त छन्।
- उनले झापाका विभिन्न स्थानमा मतदातासँग भेटघाट गरे, र इटहरीमा कोशी प्रदेश लक्षित सभामा सहभागी हुनेछन्।
- इटहरीमा बालेन शाहसँगै लामिछानेको उपस्थिति र निर्वाचनलाई लक्षित कार्यक्रम हुँदैछ।
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज झापा र सुनसरीको अत्यन्तै व्यस्त राजनीतिक दौडाहामा रहेका छन्। जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम लिएर लामिछानेले आजै झापाका विभिन्न ६ वटा स्थानमा आयोजना हुने कार्यक्रमहरूलाई भ्याएका छन् ।
बिहानै ८ बजे झापा क्षेत्र नम्बर ३ को चन्द्रगढी (महेन्द्र पार्क दक्षिण क्षेत्र) बाट सुरु भएको उनको अभिवादन यात्राले जिल्लाका मुख्य व्यापारिक केन्द्र र चोकहरूलाई समेटेको छ। उनले बिहान ८ः४५ मा काँकडभिट्टा र इटाभट्टा, ९ बजे धुलाबारी र चारआली, तथा ९ः३५ मा बिर्तामोड, चारपाने र लक्ष्मीपुर क्षेत्रका मतदातासँग प्रत्यक्ष संवाद गरेका छन् ।
त्यसैगरी, बिहान १०ः२० मा सुरुङ्गा, दुधे र झिलझिले हुँदै ११ः१० बजे दमक पुग्ने कार्यक्रम भएपनि केही अबेर भएको छ । अहिले उनी दमकमा आयोजित कार्यक्रममा छन् । झापाका यी आधा दर्जन कार्यक्रमहरूमा लामिछानेलाई स्वागत गर्न स्थानीय समर्थकहरूको उल्लेख्य उपस्थिति देखिएको छ।

झापाका कार्यक्रमहरू सकाएलगत्तै सभापति लामिछाने सुनसरीको इटहरी आउनेछन् । इटहरीमा आयोजना हुने कोशी प्रदेश लक्षित सभामा लामिछानेका साथै पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले समेत सम्बोधन गर्ने कार्यक्रम छ ।

रवि लामिछाने र बालेन शाह एउटै मञ्चमा देखिने भएपछि इटहरीको सुरक्षा व्यवस्था र जनसहभागितालाई लिएर स्थानीय प्रशासनले समेत विशेष तयारी गरेको छ। रास्वपाले फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचन लक्षित कार्यक्रम गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण