जलविद्युत् नै मुलुक समृद्धिको आधार बन्नसक्छ: अध्यक्ष घिसिङ
सारांश
- कुलमान घिसिङका अनुसार जलविद्युत् नै मुलुकको समृद्धिको आधार हो।
- उनका अनुसार जलविद्युत् विकासले विदेशी मुद्रा आर्जन र स्वदेशमा उत्पादन बढाउँछ।
- घिसिङले विद्युत् उत्पादन बढाएर उद्योग स्थापना र कृषिमा उपयोग बढाउनुपर्ने बताए।
पाँचथर । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जलविद्युत् नै मुलुक समृद्धिको आधार बन्नसक्ने बताएका छन् ।
उज्यालो नेपाल पार्टीले मंगलबार पाँचथरको फिदिममा आयोजना गरेको ‘उज्यालो युग घोषणासभा’ मा उनले जलविद्युत्को व्यापक विकासमार्फत विदेशी मुद्रा आर्जन र स्वदेशमा कृषि तथा उत्पादन बढाइ समृद्धि हासिल गर्न सकिने बताए।
अध्यक्ष घिसिङले भारत तथा बङ्गलादेशमा विद्युत् बिक्रीमार्फत मुलुकले लाभ लिन थाल्नु यसैको उदाहरण भएको उल्लेख गरे । पूर्वी नेपाल जलविद्युत् उत्पादनका लागि भण्डारका रूपमा रहेको भन्दै उनले तमोर जलाशययुक्त आयोजना निर्माणमार्फत पूर्वी पहाडको मुहार फेर्न सकिने बताए ।
अध्यक्ष घिसिङले भने, “विद्युत् उत्पादन बढाइ स्वदेशमा उद्योग स्थापना र सञ्चालन तथा कृषि क्षेत्रमा बढीभन्दा बढी उपयोग गर्ने वातावरण बनाउनुपर्छ । मेरै योजनामा लोडसेडिङ अन्त्य गर्ने, जलविद्युत् आयोजनामा स्थानीयवासीले शेयर पाउने व्यवस्था गर्नेजस्ता व्यवस्था गरिएकाले अब त्यसको थप कार्यान्वयन गर्न लाग्छौँ ।”
उनले कृषि उपजको न्यूनतम समर्थन मूल्य र उत्पादनको संरक्षणमार्फत कृषिमा रोजगारी वृद्धिका लागि पनि आफ्नो दलले घोषणापत्रमार्फत स्पष्ट खाका ल्याएको बताए। कार्यक्रममा उक्त दलका उम्मेदवार डा महेन्द्र लावती, टेकबहादुर सुब्बा लगायतले सम्बोधन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
-
भीरबाट लडेर किशोरको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण