टी–२० विश्वकप: ब्रुकको कीर्तिमानी शतक र बाबरको संघर्ष
सारांश
- इंग्ल्याण्ड टी-२० विश्वकपको सेमिफाइनलमा लगातार पाँचौँ पटक पुगेको छ र इतिहास रचेको छ।
- ह्यारी ब्रुक टी-२० विश्वकपमा कप्तानको रूपमा शतक बनाउने पहिलो ब्याट्सम्यान बनेका छन्।
- बाबर आजमको स्ट्राइक रेट कम रहेको छ भने शाहीन अफ्रिदीले पावरप्लेमा धेरै विकेट लिएका छन्।
क्यान्डी । इंग्ल्याण्डले टी–२० विश्वकपमा इतिहास रच्दै लगातार पाँचौँ पटक सेमिफाइनलमा स्थान बनाएको छ। मंगलबार राति पाकिस्तानलाई २ विकेटले हराउँदै इंग्ल्याण्ड यस संस्करणको नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको हो।
इंग्ल्याण्डका कप्तान ह्यारी ब्रुक टी–२० विश्वकपमा कप्तानको रूपमा शतक बनाउने पहिलो ब्याट्सम्यान बनेका छन्। यता, पाकिस्तानका बाबर आजम यस प्रतियोगितामा सबैभन्दा कम स्ट्राइक रेट भएका ब्याट्सम्यानहरूमध्ये एक भएका छन्।
१. इंग्ल्याण्ड लगातार पाँचौँ पटक सेमिफाइनलमा
इंग्ल्याण्ड टी–२० विश्वकपमा लगातार पाँचौँ पटक सेमिफाइनलमा पुगेको छ। टोली २०१६ देखि २०२६ सम्म लगातार पाँच पटक सेमिफाइनलमा पुगेको हो। यसअघि पाकिस्तान र श्रीलंका चार-चार पटक लगातार अन्तिम चारमा पुगेका थिए, तर इंग्ल्याण्ड अब यस मामिलामा सबैभन्दा अगाडि निस्किएको छ।
२. ब्रुक शतक बनाउने पहिलो कप्तान
ह्यारी ब्रुकले कप्तानको रूपमा पाकिस्तानविरुद्ध १०० रनको पारी खेल्दै इतिहास रचेका छन्। उनी टी–२० विश्वकपमा शतक बनाउने पहिलो कप्तान बने। यसअघि क्रिस गेलको ९८ रन सर्वोच्च स्कोर थियो। त्यस्तै, यही विश्वकपमा लोर्कन टकरले ९४ रन तथा सन् २०२४ मा भारतीय कप्तान रोहित शर्माले ९२ रनको परी खेलेका थिए । ब्रुक टी–२० विश्वकप रन चेजमा शतक बनाउने चौथो ब्याट्सम्यान पनि बनेका छन्।
३. ब्रुक दोस्रो सबैभन्दा चाँडो शतक बनाउने ब्याट्सम्यान
ह्यारी ब्रुकले ५० बलमा शतक प्रहार गर्दै टी–२० विश्वकप इतिहासको दोस्रो सबैभन्दा तीव्र शतक बनाएका छन्। उनी क्रिस गेल (४७ बल) भन्दा मात्र पछाडि छन्। साथै ब्रुक इंग्ल्याण्डका लागि तीनवटै ढाँचामा शतक बनाउने तेस्रो खेलाडी पनि बनेका छन्। उनीभन्दा अगाडि जोस बटलर र डेभिड मलानले यस्तो गरिसकेका छन्।
४. बाबर आजम सबैभन्दा कम स्ट्राइक रेट भएका ब्याट्सम्यान
टी–२० विश्वकपमा जहाँ ब्याट्सम्यानहरूबाट तीव्र रन बनाउने अपेक्षा गरिन्छ, त्यहाँ बाबर आजमको स्ट्राइक रेट १११.५ रहेको छ, जुन ५०० भन्दा बढी रन बनाउने खेलाडीहरूमध्ये सबैभन्दा कम हो। यस सूचीमा हफिज, संगाकारा र विलियमसन जस्ता ठूला नामहरू पनि छन्, तर बाबर सबैभन्दा तल छन्।
५. शाहीन पावरप्लेमा सबैभन्दा धेरै विकेट लिने बलर
शाहीन अफ्रिदी नयाँ बलका साथ टी–२० विश्वकप इतिहासका सबैभन्दा खतरनाक बलर साबित भएका छन्। उनले पावरप्लेमा १८ विकेट लिएर यस चरणमा सबैभन्दा धेरै विकेट लिने कीर्तिमान बनाएका छन्। उनीपछि कागिसो रबाडाले १६ तथा एन्जेलो म्याथ्युजले १५ विकेट लिएका छन् ।
६. शाहीन सबैभन्दा धेरै विकेट लिने पाकिस्तानी बलर
पाकिस्तानका लागि टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा धेरै विकेट लिने कीर्तिमान अब शाहीन अफ्रिदीको नाममा छ। उनले १०२ खेलमा १३५ विकेट लिएर हरिस रउफलाई पछाडि पारेका छन्, जसको नाममा १३३ विकेट छन्। शादाब खान तेस्रो स्थानमा छन्, जबकि मोहम्मद नवाज र दिग्गज अलराउन्डर शाहिद अफ्रिदी पनि यस सूचीमा समावेश छन्।
७. फरहान एक सिजनमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने पाकिस्तानी
पाकिस्तानका लागि एक टी–२० विश्वकप सिजनमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने कीर्तिमान अब साहिबजादा फरहानको नाममा भएको छ। उनले २०२६ संस्करणमा १३ छक्का प्रहार गरेर मोहम्मद रिजवानको कीर्तिमान तोडेका छन्, जसले २०२१ सिजनमा १२ छक्का प्रहार गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण