तराई, पहाड र हिमाललाई अलग गरेर राजनीति गर्नेको दोकान अव बन्द हुन्छ: रवि लामिछाने
सारांश
- रास्वपाका सभापति रवि लामिछानेले तराई, पहाड र हिमाललाई अलग गरेर राजनीति गर्नेको दोकान बन्द हुने बताए।
- उनले समग्र मुलुकको विकास गर्ने र मधेसलाई प्राथमिकतामा राख्ने कुरा गरे।
- लामिछानेले सुशासन र विभेद अन्त्यका लागि रास्वपा गम्भीर भएर लाग्ने बताए।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले तराई, पहाड र हिमाललाई अलग गरेर राजनीति गर्नेको दोकान अव बन्द हुने बताएका छन् ।
बुधवार जनकपुरधामस्थित जानकी मन्दिरको दर्शन गर्ने क्रममा समर्थकलाई सम्बोधन गर्दै लामिछानेले रास्वपाले कुनै एक क्षेत्रको नभई समग्र मुलुकको विकासको कुरा गर्ने भन्दै अव तराई, पहाड र हिमाललाई अलग गरेर राजनीति गर्नेको दोकान अव बन्द हुने बताएका हुन् ।
उनले सिङ्गो देश र मधेसलाई विभाजन गर्ने अथवा अलग गरेर राजनीति गर्ने युगलाई अन्त्य गर्न खोजेको उल्लेख गरे । उनले इमानदारीपूर्वक देशको कुरा गर्ने र जनताको एक एक मतलाई कदर गर्दै अघि बढ्ने धारणा राखे ।
दशकौँसम्म विभेद र अन्यायमा परेको मधेसलाई समेत प्राथमिकतामा राख्दै यहाँका धार्मिक पर्यटनलाई बढवा दिने गरी काम गरिने उनले बताए ।
लामिछानेले रास्वपाले अघिल्लो निर्वाचनमा सुशासनको कुरा गरे पनि विभेदको कुरा गर्न चूकेको भन्दै यस पटक विभेदको अन्त्यसँगै सुशासनको स्थापनाका लागि गम्भीर भएर लाग्ने उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण