भेनेजुएलाबाट ८ करोड ब्यारेल तेल पाएको ट्रम्पको दाबी
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले भेनेजुएलाबाट ८ करोड ब्यारेल तेल प्राप्त गरेको बताए।
- अमेरिकी सेनाले हिन्द महासागरमा भेनेजुएलासँग सम्बन्धित तेस्रो प्रतिबन्धित तेल ट्यांकर नियन्त्रणमा लियो।
- ट्रम्पले भेनेजुएलालाई नयाँ मित्र र साझेदार भन्दै तेल आपूर्ति बढेको उल्लेख गरे।
वासिङटन डीसी । अमेरिकाले भेनेजुएलाबाट ८ करोड ब्यारेलभन्दा बढी तेल प्राप्त गरेको राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन् । यहीबीच अमेरिकी सेनाले हिन्द महासागरमा भेनेजुएलासँग सम्बन्धित तेस्रो प्रतिबन्धित तेल ट्यांकर नियन्त्रणमा लिएको पेन्टागनले जनाएको छ ।
वाशिङ्टन डीसीमा मंगलबार राति भएको आफ्नो स्टेट अफ द युनियन सम्बोधनमा ट्रम्पले भेनेजुएलालाई नयाँ मित्र र साझेदार भन्दै तेल आपूर्ति बढेको उल्लेख गरे । उनले अमेरिकी तेल उत्पादन दैनिक ६ लाख ब्यारेलभन्दा बढीले बढेको दाबी गर्दै आफ्नो पुरानो नारा ‘ड्रिल, बेबी, ड्रिल’ दोहोर्याए ।
यसै दिन अमेरिकी रक्षा मन्त्रालयले सामाजिक सञ्जालमार्फत अमेरिकी सेनाले ‘बर्था’ नाम गरेको तेल ट्यांकरलाई हिन्द महासागरमा रोकेको जानकारी दिएको थियो । सेनाले उक्त जहाजलाई क्यारिबियन क्षेत्रदेखि पछ्याउँदै आएर नियन्त्रणमा लिएको बताइएको छ ।
पेन्टागनका अनुसार ट्यांकरले अमेरिकी प्रतिबन्ध उल्लङ्घन गर्दै भाग्ने प्रयास गरेको थियो । भिडियोमा अमेरिकी सैनिकहरू हेलिकप्टरबाट झरेर जहाजमा चढेको दृश्य देखाइएको छ । यो घटनासँगै भेनेजुएलासँग सम्बन्धित नियन्त्रणमा लिइएका ट्यांकरको संख्या तीन पुगेको छ ।
तेल अनुगमन गर्ने संस्था ट्यांकरट्र्याकर्स डटकमका सहसंस्थापक समीर मदानीका अनुसार ‘बर्था’ जहाजमा करिब १९ लाख ब्यारेल मेरी १६ ग्रेडको कच्चा तेल थियो । यो भेनेजुएलाको प्रमुख निर्यात ग्रेडमध्ये एक मानिन्छ ।
ट्रम्प प्रशासनले भेनेजुएलाको तेल उद्योग अमेरिकी कम्पनीहरूका लागि खोल्ने संकेत पनि दिएको छ । यसअघि ट्रम्पले जनवरीमा विशेष सैन्य कारबाहीमार्फत भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोलाई समातेपछि भेनेजुएलाको तेल अमेरिकाले चलाउने भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरी गाजामा इजरायली हवाई आक्रमण, सात प्यालेस्टिनीको मृत्यु
-
युवा संघका सचिवालय सदस्य बमसहित २४ जना जुवाखालबाट पक्राउ
-
युरो कप र नेसन्स लिगको सेमिफाइनलमा फ्रान्सलाई हराएको शैली नै अपनाउने स्पेनको रणनीति
-
विश्वविद्यालयमा दलीय राजनीति अन्त्य गर्ने उपकुलपतिहरूको प्रतिबद्धता
-
फाइनलसरह फ्रान्स र स्पेन भिडन्तः यस्तो छ सम्भावित टोली र पूर्वानुमान
-
हामी युरो कप विजेता हौँ, फ्रान्ससँग डर छैन: लामिन यामाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण