सेमिफाइनल प्रवेशका लागि आज दक्षिण अफ्रिका र वेस्ट इन्डिजबिच कडा टक्कर
सारांश
- T20 विश्वकपको सुपर ८ चरणमा दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीच खेल अहमदाबादमा हुँदैछ।
- दक्षिण अफ्रिकाले भारतलाई ७६ रनले पराजित गरेको थियो भने वेस्ट इन्डिजले जिम्बाब्वेलाई १०७ रनले हराएको थियो।
- अहमदाबादको पिच ब्याट्सम्यानलाई सहयोगी मानिन्छ र खेलमा वर्षाको सम्भावना न्यून छ।
अहमदाबाद । टी–२० विश्वकपअन्तर्गत सुपर–८ चरणको सातौं खेल आज दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीच खेलिँदैछ। यो भिडन्त अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा दिउँसो ३: १५ बजे सुरु हुनेछ ।
टोलीको हालको लय
सुपर–८ को आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकाले भारतलाई ७६ रनले पराजित गरेको थियो। यससँगै प्रतियोगितामा भारतको लगातार १२ खेलको जितको यात्रा टुंगिएको थियो।
उता, वेस्ट इन्डिजले पनि सुपर–८ मा जिम्बाब्वेलाई १०७ रनको फराकिलो अन्तरले हराएको थियो। उक्त खेलमा पहिले ब्याटिङ गर्दै वेस्ट इन्डिजले २५४ रन बनाएको थियो भने जिम्बाब्वेलाई जम्मा १४७ रनमै रोकेको थियो।

हेड टु हेड : बराबरीको टक्कर
दक्षिण अफ्रिका र वेस्ट इन्डिजबिच हालसम्म २९ वटा टी–२० अन्तर्राष्ट्रिय खेल भएका छन्। जसमध्ये वेस्ट इन्डिजले १५ र दक्षिण अफ्रिकाले १४ खेल जितेका छन्।
यद्यपि, टी–२० विश्वकपमा यी दुई टोलीबिच भएका ५ भिडन्तमध्ये ४ खेलमा दक्षिण अफ्रिकाले बाजी मारेको छ। यसको एकमात्र अपवाद सन् २०१६ मा नागपुरमा भएको खेल थियो, जहाँ वेस्ट इन्डिजले ३ विकेटको रोमाञ्चक जित निकाल्दै आफ्नो दोस्रो टी–२० विश्वकप उपाधिको यात्रा तय गरेको थियो।
दुई टोलीबिचको पछिल्लो टी–२० भिडन्त २०२६ मा खेलिएको थियो, जसमा वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई ६ रनले हराएको थियो।

दक्षिण अफ्रिकाका प्रमुख हतियार : एडन मार्करम र मार्को यानसन
यस प्रतियोगितामा दक्षिण अफ्रिकाका लागि एडन मार्करमले सबैभन्दा धेरै रन बनाएका छन्। उनले ५ खेलमा १७८.४३ को स्ट्राइक रेटमा १८२ रन बनाएका छन्, जसमा उनको उत्कृष्ट स्कोर अविजित ८६ रन रहेको छ।
त्यस्तै, बलिङतर्फ मार्को यानसन टोलीका शीर्ष विकेटकर्ता हुन् । उनले ४ खेलमा मात्र ८.४६ को इकोनोमी रेटमा ११ विकेट लिएका छन्।
वेस्ट इन्डिजका स्टार : शिम्रोन हेटमायर र गुडाकेश मोती
प्रतियोगितामा वेस्ट इन्डिजका लागि शिम्रोन हेटमायरले सर्वाधिक रन जोडेका छन् । उनले ५ खेलमा १८५.५९ को स्ट्राइक रेटसहित २१९ रन बनाएका छन् भने उनको उच्च स्कोर ८५ रन हो।

बलिङतर्फ गुडाकेश मोती टोलीका प्रमुख विकेटकर्ता बनेका छन् । उनले ५ खेलमा ७.२७ को इकोनोमी रेटमा रन खर्चिंदै १० विकेट हात पारेका छन्।
पिच रिपोर्ट
अहमदाबादको नरेन्द्र मोदी स्टेडियमको पिच ब्याट्सम्यानलाई मद्दत गर्ने मानिन्छ। यहाँको सतह पूरै समतल छ, जसले गर्दा ब्याटिङ गर्न निकै सहज हुन्छ।
नयाँ बलका साथ सुरुआती ओभरहरूमा फास्ट बलरहरूले केही मद्दत पाउन सक्छन्। त्यस्तै, बिचका ओभरहरूमा स्पिनरहरूले बललाई टर्न गराउने अवसर पाउनेछन्।
मौसमको अवस्था
२६ फेब्रुअरीमा अहमदाबादको मौसम तातो रहनेछ र वर्षाको सम्भावना अत्यन्तै न्यून छ। यहाँको अधिकतम तापक्रम ३० देखि ३२ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ।
टोलीको अवस्था
वेस्ट इन्डिजलाई आफ्नो विजयी लय परिवर्तन गर्नुपर्ने कुनै खास कारण छैन। यद्यपि, दक्षिण अफ्रिकाको ब्याटिङ लाइनअपमा धेरै देब्रेहाते ब्याट्सम्यान भएकाले रोस्टन चेसको अफस्पिन बलिङलाई आजको खेलमा समावेश गर्न सकिन्छ । यसले टोलीको ब्याटिङलाई पनि थप गहिराइ दिनेछ।

वेस्ट इन्डिजको सम्भावित प्लेइङ ११ : ब्रान्डन किङ, शाई होप (कप्तान र विकेटकिपर), शिम्रोन हेटमायर, रोभमान पावेल, शेर्फान रदरफोर्ड, रोमारियो शेफर्ड, जेसन होल्डर, म्याथ्यु फोर्ड, अकिल होसेनररोस्टन चेस, गुडाकेश मोती, शमर जोसेफ।
भारतविरुद्ध मैदानमा उत्रिएको टोली नै दक्षिण अफ्रिकाको सबैभन्दा बलियो टोली थियो। यस्तो महत्त्वपूर्ण खेलमा उनीहरूले आफ्नो प्लेइङ ११ मा कुनै परिवर्तन गर्ने सम्भावना कम छ।
दक्षिण अफ्रिकाको सम्भावित प्लेइङ ११ : एडन मार्करम (कप्तान), क्विन्टन डी कक (विकेटकिपर), रायन रिकलटन, डेवाल्ड ब्रेभिस, डेभिड मिलर, ट्रिस्टन स्टब्स, मार्को यानसन, कोर्बिन बोश, केशव महाराज, कागिसो रबाडा, लुंगी एनगिडी।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026