युएईद्वारा इरानी आक्रमणको निन्दा, सैन्य बल उच्च सतर्कतामा
सारांश
- युएईले इरानद्वारा गरिएका पछिल्ला आक्रमणको निन्दा गर्दै यसलाई राष्ट्रिय सार्वभौमसत्ताको उल्लंघन भनेको छ।
- युएईले इरानको प्रतिरोधात्मक प्रहारलाई खतरनाक कदम र कायरतापूर्ण कार्यको संज्ञा दिएको छ।
- युएईका रक्षा बलले इरानले प्रहार गरेका १३७ वटा ब्यालिस्टिक मिसाइल र २०९ वटा ड्रोनलाई निष्क्रिय पारेको छ।
दुबई । संयुक्त अरब इमिरेट्स (युएई) ले आफ्नो क्षेत्रमा इरानद्वारा गरिएका पछिल्ला आक्रमणहरूको निन्दा गरेको छ। बीबीसीका अनुसार युएईले यस कार्यलाई राष्ट्रिय सार्वभौमसत्ताको ठाडो उल्लंघन र अन्तर्राष्ट्रिय कानुनको विपरीत भएको बताएको छ।
सामाजिक सञ्जाल एक्समार्फत एक आधिकारिक धारणा सार्वजनिक गर्दै युएईले इरानको प्रतिरोधात्मक प्रहारलाई खतरनाक कदम र कायरतापूर्ण कार्य को संज्ञा दिएको छ।
यस्ता गतिविधिले सर्वसाधारणको सुरक्षामा गम्भीर खतरा उत्पन्न गर्ने र क्षेत्रीय स्थिरतालाई धराशायी बनाउने युएईको ठहर छ।
युएईको रक्षा मन्त्रालयले जारी गरेको पछिल्लो विवरण अनुसार, इरानले प्रहार गरेका १३७ वटा ब्यालिस्टिक मिसाइल र २०९ वटा ड्रोनहरूलाई युएईका रक्षा बलले सफलतापूर्वक बिचैमा निष्क्रिय पारेका छन्। यद्यपि, केही ड्रोनहरू भने देशको जमिन र जलक्षेत्रमा खसेका थिए।
मन्त्रालयका अनुसार खसेका ती १४ वटा ड्रोनका कारण केही भौतिक क्षति भएको छ।
वर्तमान सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै युएईको रक्षा मन्त्रालयले आफ्ना सुरक्षा निकायहरूलाई उच्च सतर्कतामा राखेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण