बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
फोटोफिचर

२० तस्बिरमा हेर्नुहोस् मध्यपूर्वको तनाव

आइतबार, १७ फागुन २०८२, १३ : ५७
आइतबार, १७ फागुन २०८२

सारांश

  • अमेरिका र इजरायलको सैन्य कारबाहीमा इरानका सर्वोच्च नेता खामेनीको मृत्यु भएको छ।
  • इरानले इजरायल, कतार, युएई लगायतका देशहरूमा रहेका अमेरिकी सैन्य अखडाहरूमाथि जवाफी हमला गरेको छ।
  • मध्यपूर्वमा युद्धको सङ्घार र हवाई क्षेत्र बन्द हुँदा इन्धन संकट र आर्थिक अस्थिरताको खतरा बढेको छ।

तेहरान । इरानमाथि अमेरिका र इजरायलले सुरु गरेको 'ठूलो सैन्य कारबाही' का क्रममा सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको इरानी सरकारी सञ्चारमाध्यमले पुष्टि गरेका छन्। तेहरानमा जारी आक्रमणमा खामेनी मात्र नभई उनकी छोरी, ज्वाइँ र नातिको समेत ज्यान गएको छ। 

iran attack (1)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सैन्य कारबाहीको घोषणा गरेसँगै सुरु भएको यो बमबारीले मध्यपूर्वलाई पूर्णकालीन युद्धको सङ्घारमा पुर्‍याएको छ। राष्ट्रपति ट्रम्पले इजरायलले शनिबार गरेको मिसाइल आक्रमणपछि आफ्नो उद्देश्य पूरा नभएसम्म यो हप्ताभर वा आवश्यकता अनुसार निरन्तर बमबारी जारी रहने चेतावनी दिएका छन्। 

iran attack (2)

इरानी सञ्चारमाध्यमका अनुसार दक्षिण इरानको एउटा विद्यालयमा भएको आक्रमणमा मात्रै १०८ जनाको मृत्यु भएको छ भने देशभरका २४ प्रान्तमा गरी हालसम्म २०१ भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन्। यो मानवीय क्षति अझै बढ्न सक्ने अनुमान गरिएको छ।

iran attack (3)

आफ्ना सर्वोच्च नेताको हत्यापछि इरानले पनि कडा जवाफी हमला सुरु गरेको छ। इरानले इजरायलका साथै कतार, युएई, कुवेत, बहराइन, जोर्डन, साउदी अरब र इराकमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई निशाना बनाएको छ। इरानको यो प्रत्याक्रमणले खाडी मुलुकहरूमा तनाव फैलाएको छ।

iran attack (4)

दुवै पक्षबिच भइरहेको भीषण आक्रमण र मिसाइल वर्षाका कारण यस क्षेत्रका धेरै देशहरूले आफ्नो हवाई क्षेत्र पूर्ण रूपमा बन्द गरेका छन्। विश्वकै महत्वपूर्ण ऊर्जा आपूर्ति केन्द्र मानिने यो क्षेत्रमा भइरहेको युद्धले विश्वव्यापी इन्धन संकट र आर्थिक अस्थिरता निम्त्याउने खतरा बढेको छ। 

iran attack (5)

अन्तर्राष्ट्रिय समुदायले यो द्वन्द्व रोक्न अपिल गरे पनि आक्रमणको शृङ्खला रोकिने संकेत देखिएको छैन।

iran attack (6)iran attack (7)iran attack (8)iran attack (9)iran attack (10)iran attack (11)iran attack (12)iran attack (13)iran attack (14)iran attack (15)iran attack (16)iran attack (17)iran attack (18)iran attack (19)iran attack (20)

रोयटर्स

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप