कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय कार्यान्वयन गर्न गोरखा प्रलोपाको परिपत्र
सारांश
- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गोरखाका अध्यक्षले पार्टी निर्णयको पक्षमा उभिन परिपत्र जारी गरे।
- प्रलोपाले गोरखाका दुवै क्षेत्रमा नेपाली कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेको र सोही निर्णय कार्यान्वयन गर्न आग्रह गरेको छ।
- अध्यक्ष खत्रीले पार्टी निर्णयविपरीत कार्य नगर्न र कांग्रेसलाई सघाउन पार्टी पंक्तिलाई अनुरोध गरेका छन्।
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गोरखाका अध्यक्ष नारायण खत्रीले पार्टी निर्णयको पक्षमा उभिन परिपत्र गरेका छन् । गोरखाको दुवै क्षेत्रमा उम्मेदवारी फिर्ता लिएको प्रलोपाले नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको थियो ।
पार्टीको निर्णय विभिन्न सञ्चार माध्यममा सार्वजनिक भएसँगै खत्रीले दुवै क्षेत्रमा कांग्रेसलाई समर्थन गर्ने निर्णय सत्य भएको बताएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकबाट परिपत्र सार्वजनिक गर्दै निर्धक्कसँग निर्णय कार्यान्वयन गर्न सिङ्गो पार्टी पंक्तिलाई अनुरोध गरेका छन् ।
‘अहिले आएर केही साथीहरूले हामीले अनवरत रूपमा गरेका प्रयासहरूमा सकारात्मक रूपले सहयोग गर्नुपर्ने ठाउँमा नाटक मञ्चन गरिरहनुभएको छ । यस्ता हर्कतहरू नगर्न सम्बन्धित साथीहरूमा निर्देशन गर्दछु । निर्धक्कसँग हामीले गरेको निर्णयमा उभिन, निर्वाचन को प्रचारप्रसारमा लाग्नको लागि सिङ्गो पार्टी पङ्क्ति र मतदाताहरूमा अनुरोध गर्दछु’, उनले लेखेका छन् ।
दुर्घटनाबस गोरखामा प्रलोपाको उम्मेदवारी खाली रहेको हुँदा जिल्लाका सबै पक्षसँग भएको सघन छलफलबारे पार्टीलाई जानकारी गराएको र आफ्नो उम्मेदवार नभएको हुनाले योपटक कांग्रेसलाई समर्थन गर्ने निर्णय भएको खत्रीले जिकिर गरेका छन् ।
‘आसन्न प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा दुर्घटनाबस हाम्रो गोर्खा जिल्लामा प्रत्यक्ष तर्फको उम्मेदवारी खाली भएको हुँदा जिल्लाका सबै साथीहरूसँग दशौँ पटक गहन छलफल गरी अनुमति लिएर जिल्लाका विभिन्न दलहरूसँग विभिन्न चरणमा गहन छलफल गरियो। खुला प्रकारले ती दलहरूसँग भएका विषयवस्तुहरू पार्टी पङ्क्तिमा सम्प्रेषण गरियो’, परिपत्रमा भनिएको छ, ‘आफ्नो पार्टीको तर्फबाट उम्मेदवार नभएको हुँदा खुला रूपमा घोषणा गरेर नजाने तर यसपटकको प्रत्यक्ष तर्फको मतदान नेपाली कांग्रेसलाई गर्ने निर्णय भएको सत्य हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण