फुटबल इतिहासमै सर्वाधिक फ्रिकिक गोल गर्नेको सूचीमा पेलेसँग मेस्सीको बराबरी
सारांश
- लियोनल मेसीले फ्रिकिक गोल गरेर पेलेको कीर्तिमानसँग बराबरी गरे।
- मेसीले इन्टर मियामीलाई ओर्लान्डो सिटीविरुद्धको खेलमा जित दिलाए।
- मेसीको यो ७०औं फ्रिकिक गोल हो, जसले उनलाई सर्वाधिक फ्रिकिक गोलकर्ताको सूचीमा दोस्रो स्थानमा पुर्यायो।
फ्लोरिडा । अन्तर्राष्ट्रिय फुटबलका दुई महारथी, लियोनल मेसी र ब्राजिलियन लिजेन्ड पेले, फ्रिकिकबाट सर्वाधिक गोल गर्ने पुरुष फुटबलरहरूको सूचीमा बराबरको अवस्था रहेका छन् ।
आज बिहान भएको मेजर लिग सकर लिगअन्तर्गत इन्टर मियामी र ओर्लान्दो सिटीबिचको खेलमा मेसीले फ्रिकिक गोल गरेसँगै उनले पेलेको रेकर्ड बराबरी गर्न सफल भएका हुन् ।
खेलको दोस्रो हाफको इन्ज्युरी समयमा मेसीले फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै मियामीलाई ४–२ को जित दिलाएका थिए । यो गोल मेसीको करिअरको ७०औँ फ्रिकिक गोल थियो, जसले गर्दा उनी पुरुष फुटबल इतिहासमा सर्वाधिक फ्रिकिक गोलकर्ताको सूचीमा संयुक्त दोस्रो स्थानमा पुगेका हुन् । पेले पनि दोस्रो स्थानमै छन् । यो सूचीमा ब्राजिलका जुनिन्हो भने पहिलो स्थानमा छन्, उनले कुल ७७ गोल गरेका छन् ।
त्यसैगरी मेसी र पेलेपछि ब्राजिलकै लिजेन्ड खेलाडी रोनाल्डिन्हो र भिक्टर लेग्रोटाग्लिए संयुक्त रूपमा छन्, उनीहरूले समान ६६ गोल गरेका छन् ।
यसैबिच मेसीका चिरप्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डो फ्रिकिक गोलको दौडमा पछि परेका छन् । हालसम्म रोनाल्डोले ६४ फ्रिकिक गोल गरिसकेका छन् । रोनाल्डोको पछिल्लो फ्रिकिक गोल २०२४ अगस्टमा अल नासरले अल फेहाविरुद्ध ४–१ ले जित्दा आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण