प्रलोपाका गण्डकी प्रदेश अध्यक्ष नेकपामा प्रवेश
सोमबार, १८ फागुन २०८२, १४ : ५१
सारांश
- प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष यज्ञ बल्लभ शर्मा नेकपामा प्रवेश गरे।
- शर्मालाई नेकपा नेताहरू दिनानाथ शर्मा र हितमान शाक्यले स्वागत गरे।
- शर्माले प्रलोपाले मार्क्सवादी सिद्धान्त त्यागेकोले नेकपामा फर्किएको बताए।
बागलुङ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का गण्डकी प्रदेशका अध्यक्ष यज्ञ बल्लभ शर्मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । शर्माले प्रगतिशील लोकतान्त्रिक पार्टी परित्याग गर्दै नेकपा प्रवेश गरेका हुन् ।
शर्मालाई सोमबार नेकपाका नेताहरू दिनानाथ शर्मा र हितमान शाक्यले स्वागत गरे । उनी तत्कालीन माओवादी केन्द्रबाट विद्रोह गरेर जनार्दन शर्माले गठन गरेको प्रलोपातिर लागेका थिए । प्रलोपाले मार्क्सवादी सिद्धान्त र समाजवादी अर्थनीति परित्याग गरेकोले नेकपामै फर्किएको शर्माले बताए ।
तत्कालीन नेकपा माओवादीको एकता समाजदेखि सङ्गठन गरेका अनुभवी नेता हुन् । त्यस्तै नेकपा एमालेका गण्डकी प्रदेश सदस्य अमरसिंह घर्ती पनि नेकपामा प्रवेश गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण