स्वतन्त्र उम्मेदवारी दिएका विष्ट रास्वपामा समाहित
धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवारी दिएका ईश्वरी विष्टले आफ्नो उम्मेदवारी निष्क्रिय पारेका छन् ।
साथै उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित भएका छन् । २०७९ को निर्वाचनमा रास्वपाबाट कैलाली–५ मा उम्मेदवार रहेका विष्ट रास्वपा धनगढीको संस्थापक नगरसभापति पनि हुन् ।
सोमबार धनगढीको रास्वपा सचिवालयमा भएको कार्यक्रममा विष्टलाई रास्वपा सुदूरपश्चिमकी सहमहामन्त्री करिष्मा कठरियाले पार्टी माला र खादा लगाउँदै पार्टीमा पुनः स्वागत गरेकी हुन् । विष्टलाई रास्वपा उम्मेदवार आनन्दबहमदुर चन्दसहितका नेताहरूले पनि स्वागत गरेका छन् ।
विष्टले देश परिवर्तनको संघारमा उभिएकाले व्यक्तिगत चाहनाभन्दा माथि उठेर रास्वपामा उम्मेदवार चन्दलाई समर्थन गरेको बताए । उनले सुशासन र पारदर्शिताका लागि परिवर्तनको पक्षमा सबैले उभिनुपर्ने बताए । ’मैलै व्यक्तिगत चाहनाभन्दा माथि उठेर रास्वपालाई समर्थन गरेको हुँ । सुशासन र पारदर्शिताका लागि परिवर्तनको पक्षमा उभिन कैलाली–५ मा मतदातामा अनुरोध गर्दछु,’ विष्टले भने ।
विष्टलाई पार्टीमा स्वागत गर्दै समानुपातिक उम्मेदवारसमेत रहेकी रास्वपा प्रदेश सह–महामन्त्री करिष्मा कठरियाले स्वतन्त्र उम्मेदवारी दिएका विष्टले उम्मेदवारी निष्क्रिय पारेर रास्वपामै फर्किनुलाई शुभसंकेतका रुपमा लिएको बताइन् । उनले रास्वपाले कैलालीका पाँच वटै क्षेत्रमा चुनाव जित्ने दाबी गरेकी छन् ।
यस्तै आफ्नै घरमा फर्किएको भन्दै विष्टलाई रास्वपा उम्मेदवार चन्दले स्वागत गरेका छन् । पार्टीको एजेन्डालाई समर्थन गर्दै विष्ट रास्वपामा समाहित हुनु सुखद रहेको चन्दले बताएका छन् ।
कैलाली–५ मा १५ जना उम्मेदवार चुनावी मैदानमा थिए। जसमध्ये नागरिक उन्मुक्ति नेपालका जगन्नाथ चौधरी र स्वतन्त्र उम्मेदवार इश्वरी विष्टले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आनन्दबहादुर चन्दलाई समर्थन गरेका छन्। दुवैले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै रास्वपा प्रवेश गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा मकवानपुरको सभापतिमा पाठक चयन
-
रास्वपा काठमाडौँको सभापतिमा राजा शाक्य निर्वाचित
-
रास्वपा धादिङको सभापतिमा राजन अर्याल निर्वाचित
-
नारायणगढ–बुटवल यात्रा अब २ घण्टामै, हट्यो हिलो र धुलोको सास्ती
-
राष्ट्रिय स्वतन्त्र पार्टी मोरङको सभापतिमा कँडेल र सचिवमा नेपाल निर्वाचित
-
रास्वपा हुम्ला सभापतिमा ऐडी सर्वसम्मत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण