इजरायल–इरान युद्ध : तेहरानमा नयाँ चरणको हवाई आक्रमण सुरु
मङ्गलबार, १९ फागुन २०८२, ०८ : ४१
सारांश
- इजरायली सेनाले तेहरानमा हवाई आक्रमण सुरु गर्यो र स्थानीय बासिन्दालाई चेतावनी दिइयो।
- आक्रमण इरानको सरकारी प्रसारण संस्थाको मुख्यालय नजिकै केन्द्रित थियो, जसले विस्फोट र धुवाँ निम्त्यायो।
- यो आक्रमण अमेरिका र इजरायलबीचको द्वन्द्वको शृङ्खलाको एक हिस्सा हो, जसले मध्यपूर्वमा तनाव बढायो।
तेहरान । इजरायली सेनाले इरानको राजधानी तेहरानमा नयाँ चरणको हवाई आक्रमण सुरु गरेको घोषणा गरेको छ।
इजरायली सेनाले आक्रमण सुरु गर्नुअघि तेहरानका बासिन्दाहरूका लागि ‘इभ्याकुएसन वार्निङ’ (ठाउँ खाली गर्ने चेतावनी)जारी गरेको थियो। विशेष गरी इरानको सरकारी प्रसारण संस्थाको मुख्यालय नजिक बसोबास गर्ने नागरिकहरूलाई उक्त क्षेत्र तत्काल छाड्न चेतावनी दिइएको थियो।
यो आक्रमण अमेरिका र इजरायलको इरानसँग चलिरहेको द्वन्द्वको शृङ्खला अन्तर्गत भएको हो। आक्रमणपछि तेहरानमा ठुलो विस्फोटको आवाज सुनिएको थियो र आकाशमा धुवाँको मुस्लो देखिएको थियो।
गएरातिबाट सुरु भएको नयाँ चरणको कारबाहीले मध्यपूर्वमा तनाव थप बढाएको छ।
यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी शासनले खडा गरेका खतराहरूलाई निर्मूल पार्न अमेरिकाले इरानमा ठूलो लडाइँ जारी राखेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण