बागलुङमा ५३ कैदीबन्दीले मतदान गर्न पाउने
सारांश
- बागलुङ कारागारमा रहेका ५३ कैदीबन्दीका लागि अस्थायी मतदानस्थल तयार गरिएको छ।
- कैदीबन्दीले परिचयपत्रका आधारमा मतदान गर्न पाउनेछन् र उनीहरूका लागि कारागारमै मतदानको व्यवस्था मिलाइएको छ।
- बागलुङमा दुई अस्थायी मतदानस्थल र १०७ मतदानस्थल तथा २३० मतदान केन्द्र रहेका छन्, जसमा कैदीबन्दी र कर्मचारीले मतदान गर्नेछन्।
बागलुङ । बागलुङमा कैदीबन्दीका लागि अस्थायी मतदानस्थल तयार गरिएको छ । जिल्ला कारागार बागलुङमा रहेका ५३ जना कैदीबन्दी मतदाता अस्थायी मतदानस्थल तयार गरिएको हो ।
कैदीबन्दीलाई पनि मतदान गर्ने अधिकार हुने हुँदा कारगारमै एउटा मतदानस्थल निर्माण गरेको जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख यज्ञराज रिजालले जानकारी दिए । कैदीबन्दीले उनीहरूसँग भएको परिचय पत्रका आधारमा मतदान नगर्न पाउने उनको भनाइ छ ।
प्रमुख रिजालले भने, ‘कैदीबन्दीलाई पनि मताधिकार हुन्छ, यस पटक बागलुङमा ५३ जना कैदीबन्दी मतदाता हुनुहुन्छ, उहाँहरूका लागि कारागामै मतदान गर्ने व्यवस्था मिलाइएको छ । सुरक्षा व्यवस्थालाई चुस्त बनाएर मतदान गर्ने वातावरण मिलाएका छौँ ।’
कारगारसहित बागलुङमा दुई वटा अस्थायी मतदान स्थल तयार गरिएको छ । १०७ मतदानस्थल र २३० मतदान केन्द्र रहेको बागलुङमा थप दुई अस्थायी मतदानस्थल थप गरेर कैदीबन्दी र कर्मचारीलाई समानुपातिक भोट हाल्ने व्यवस्था मिलाइएको रिजालले बताए ।
कैदीबन्दीलाई कारागार र कर्मचारी तथा सुरक्षाकर्मीका लागि जिल्ला समन्वय समिति मुख्य निर्वाचन अधिकृतको कार्यालयमा समेत भोट हाल्ने व्यवस्था मिलाएको छ । उनीहरूले समानुपातिक मत मात्रै हाल्न पाउने व्यवस्था छ ।
बागलुङ जिल्लाभर कुल एक लाख ९३ हजार ३८१ जना मतदाता कायम भएका छन् जस मध्ये ९४ हजार ८०६ पुरुष र ९८ हजार ५७४ महिला मतदाता रहेका छन् । निर्वाचनका लागि कर्मचारी, प्रहरी र निर्वाचन प्रहरी गरी चार हजार जनशक्ति परिचालन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण