कास्कीमा बिना पास गुड्ने ८३ सवारी साधन प्रहरी नियन्त्रणमा
सारांश
- प्रतिनिधि सभा सदस्य निर्वाचनमा यातायात बन्देज उल्लंघन गर्ने सवारी साधन कास्कीमा कारबाहीमा परे।
- निर्वाचनको दिन अनुमति बिना चलाइएका ८३ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लियो।
- प्रहरीले निर्वाचनलाई सुरक्षित बनाउन कडाइ गर्दै अत्यावश्यक सेवा बाहेकका सवारीलाई रोक लगायो।
कास्की । प्रतिनिधि सभा सदस्य निर्वाचनको अवसरमा सरकारले लगाएको यातायात बन्देज उल्लंघन गर्ने दर्जनौँ सवारी साधन कास्कीमा कारबाहीमा परेका छन्। बिहीबार निर्वाचनको दिन जिल्लाका विभिन्न स्थानमा अनुमति पत्र (पास) बिना नै सडकमा गुडेका सार्वजनिक तथा निजी सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी टोलीले नियन्त्रणमा लिएका हुन्।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित बनाउन तोकिएको मापदण्ड विपरीत सवारी चलाएको पाइएपछि प्रहरीले कडाइ गरेको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बिहीबार बिहानसम्ममा विभिन्न स्थानबाट ७७ वटा दुई पाङ्ग्रे र ६ वटा चार पाङ्ग्रे सवारी साधन गरी कुल ८३ वटा सवारी साधन नियन्त्रणमा लिइएको छ।
प्रहरीले मतदानको दिन अत्यावश्यक सेवा र अनुमति प्राप्त सवारी साधनबाहेक अन्यलाई सडकमा गुड्न रोक लगाएको थियो। नियन्त्रणमा लिइएका यी सवारी साधनहरूलाई निर्वाचन सम्पन्न भएपछि मात्रै आवश्यक प्रक्रिया पुर्याएर छोडिने प्रहरीले जनाएको छ।
जिल्लाका मुख्य चोकहरू र ग्रामीण भेगका सडकहरूमा समेत प्रहरीले बिहानैदेखि कडा निगरानी बढाएको छ। निर्वाचनको समयमा हुन सक्ने सम्भावित अवाञ्छित गतिविधि रोक्न र मतदातालाई निर्धक्क भई मतदान केन्द्रसम्म पुग्ने वातावरण बनाउन सवारी आवागमनमा कडाइ गरिएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण