ओली र बालेन उम्मेदवार रहेको झापा–५ मा ६१ प्रतिशत मत खस्यो, अरुमा कति ?
सारांश
- झापा जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा उत्साहजनक मतदान भयो, जसमा औसत ५९.६७ प्रतिशत मत खसेको छ।
- क्षेत्र नं. ५ मा सबैभन्दा बढी र क्षेत्र नं. १ मा सबैभन्दा कम मतदान भएको छ।
- जिल्लामा कूल ७ लाख १३ हजार ५ सय ३७ मतदातामध्ये ४ बजेसम्म ४ लाख २५ हजार ७ सय ३७ जनाले मतदान गरे।
विराटनगर । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत झापा जिल्लामा उत्साहजनक रूपमा मतदान भइरहेको छ। जिल्ला प्रशासन कार्यालय झापाले सार्वजनिक गरेको अपराह्न ४ बजेसम्मको तथ्याङ्क अनुसार जिल्लाभर औसत ५९.६७ प्रतिशत मतदान भएको छ।
जिल्लाका ५ वटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदान क्षेत्र नम्बर ५ मा भएको छ भने सबैभन्दा कम क्षेत्र नम्बर १ मा देखिएको छ।
क्षेत्रगत विवरण यस प्रकार छ :
निर्वाचन क्षेत्र नं. १ : ५८.५८ प्रतिशत (७६,७७४ मत खसेको)
निर्वाचन क्षेत्र नं. २ : ६०.६३ प्रतिशत (८९,४४३ मत खसेको)
निर्वाचन क्षेत्र नं. ३ : ५८.६६ प्रतिशत (८२,६२९ मत खसेको)
निर्वाचन क्षेत्र नं. ४ : ५८.९६ प्रतिशत (७७,०७२ मत खसेको)
निर्वाचन क्षेत्र नं. ५ : ६१.१० प्रतिशत (९९,८१९ मत खसेको)
झापामा कुल ७ लाख १३ हजार ५ सय ३७ मतदाता रहेकोमा ४ बजेसम्म ४ लाख २५ हजार ७ सय ३७ जनाले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन्। सहायक प्रमुख जिल्ला अधिकारीद्वारा प्रमाणित गरिएको यो तथ्याङ्क अनुसार जिल्लाभर मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा अगाडि बढिरहेको छ। मतदानको समय साँझ ५ बजेसम्म तोकिएकोले अन्तिम प्रतिशत अझै बढ्ने अनुमान गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण