चितवनमा ६० प्रतिशत मत खस्याे
सारांश
- बिहीबार देशभरका प्रतिनिधि सभा सदस्य छान्न मतदान सम्पन्न भयो।
- निर्वाचन आयोगले मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ।
- मतपेटिका संकलनपछि तोकिएको स्थानमा मतगणना सुरु हुनेछ।
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवनमा ६० प्रतिशत मत खसेको छ । ३ निर्वाचन क्षेत्र रहेको चितवनमा बिहीबार बिहान ७ बजेबाट साँझ ५ बजेसम्म मतदानमा ६० प्रतिशतले मात्र मत हालेका हुन् ।
जिल्ला निर्वाचन कार्यालय चितवनका निर्वाचन अधिकृत भिमसेन कार्कीका अनुसार प्रारम्भिक चरणमा ६० प्रतिशत मत खसेको हो । पुरा रिपोर्ट आउन बाँकी छ ।
जिल्लामा ४ लाख ४२ हजार ८२ मतदाता रहेको छन् । त्यसमध्ये २ लाख २४ हजार ७६६ महिला, २ लाख १७ हजार ३१४ पुरुष मतदाता र २ जना अन्य मतदाता रहेको निर्वाचन आयोगको तथ्याङ्कमा उल्लेख छ । ३ हजार १८५ जना अस्थायी मतदाता रहेका छन् । जसमा १६२ जना कारागारमा रहेका कैदीबन्दी हुन् । उनीहरुले समानुपातिक तर्फ मात्र मत खसालेका छन् ।
मतदान सकिएपछि हाल मतदान स्थलमा मतपेटिका ल्याउने क्रम जारी रहेको छ । मतपेटिका सङ्कलन सम्पन्न भए लगत्तै सर्वदलीय बैठक बसेर मतगणना कार्य थालिने चितवनका मुख्य निर्वाचन अधिकृत केदार पौडेलले जानकारी दिए ।
३ निर्वाचन क्षेत्र रहेको चितवनमा तीन ठाउँमा मत गणना गर्ने तयारी रहेको छ । चितवन १ को मतगणना खैरहनी नगरपालिका ६ को भुवानीशंकर क्याम्पसमा, चितवन २ को भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा र चितवन ३ को रामपुर कृषि तथा वन विज्ञान विश्वविद्यालयमा गणना गरिनेछ ।
मतगणनास्थलमा तारजालीको छेकबार लगाउनुका साथै सीसीटीभी क्यामरा जडान गरिएको मुख्य निर्वाचन अधिकृत पौडेलले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण