मतदान सफलतापूर्वक सम्पन्न भएकोमा गृहमन्त्रीले दिए धन्यवाद
सारांश
- गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताए।
- उनले निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए।
- निर्वाचनले संविधान कार्यान्वयन र जनताको हक अधिकार संस्थागत गर्न महत्त्वपूर्ण उपलब्धि हासिल गरेको उनको भनाइ छ।
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको बताएका छन् । त्यसका लागि सबैलाई उनले धन्यवाद व्यक्त गरेका छन् । राष्ट्रपतिको निर्देशन र प्रधानमन्त्रीको नेतृत्वमा सम्बद्ध सबै पक्षको सहयोगका कारण मुलुकभर एकै चरणमा मतदान सम्पन्न भएको उनको भनाइ छ ।
मन्त्री अर्यालले प्रधानमन्त्रीको अभिलाषा बमोजिम ‘एक थोपा पनि रगत नबगी’ निर्वाचन सम्पन्न उल्लेख गरेका छन् । लोकतान्त्रिक प्रक्रियाको महत्त्वपूर्ण अभ्यासको रूपमा रहेको निर्वाचन मार्फत जनादेश लिनु संवैधानिक र काननी दृष्टिले सर्वोत्तम पक्ष हो भन्दै उनले यस निर्वाचनको माध्यमबाट संविधान कार्यान्वयन र नेपाली जनताको हकअधिकार संस्थागत गर्न महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताए ।
मन्त्री अर्यालले निर्वाचन प्रक्रियामा संलग्न आम नेपाली नागरिक, मतदाता, उम्मेदवार, राजनीतिक दलका नेता तथा कार्यकर्ता, निर्वाचनमा संलग्न निजामती कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी, राष्ट्रिय-अन्तर्राष्ट्रिय पर्यवेक्षक र प्रत्यक्ष-अप्रत्यक्ष रूपमा सहयोग एवं योगदान गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् । उनले मतगणना कार्यमा समेत सकारात्मक भूमिका र सहयोगका लागि सम्बन्धित सबैमा आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण