कालिकोटमा महेन्द्रको साढे ९ सयले अग्रता, प्रकाण्ड चौथो नम्बरमा
शुक्रबार, २२ फागुन २०८२, ०९ : ३३
सारांश
- कालिकोटमा नेकपाका महेन्द्रबहादुर शाही अन्य प्रतिस्पर्धीभन्दा अगाडि छन्।
- कर्णालीका पूर्व मुख्यमन्त्री शाहीले ३७६२ मत प्राप्त गरेका छन्।
- कांग्रेसका हर्षबहादुर बम, एमालेका नगीन्द्र शाही र माओवादीका प्रकाण्डले क्रमशः २८०९, २५६६ र १४६२ मत प्राप्त गरे।
सुर्खेत । कालिकोटमा नेपाली कम्युनिस्ट पार्टीका महेन्द्रबहादुर शाही अन्य प्रतिस्पर्धी भन्दा साढे ९ सयले अगाडी छन् ।
कर्णालीका पूर्व मुख्यमन्त्री समेत रहेका शाहीले पछिल्लो अपडेट अनुसार, ३७६२ मत प्राप्त गरेका छन् ।
यस्तै कांग्रेसका हर्षबहादुर बमले २८०९, एमालेका नगीन्द्र शाहीले २५६६ र नेकपा माओवादीका खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले १४६२ मत पाएका छन् ।
यस्तै रास्वपाका उम्मेदवार प्रकाश न्यौपानले ५१२ मत पाएका छन् ।
यहाँ माओवादीका प्रकाण्डलाई मुख्य प्रतिस्पर्धीका रुपमा चर्चा गरिए पनि हालसम्ममको नजिता अनुसार, उनी चौथो स्थानमा छन् ।
मुख्य निवार्चन अधिकृतको कार्यालयका अनुसार, अहिलेसम्म पलाँता पचालझरना र नरहरिनाथ १,२,३,४ र ५ सम्मको मतगणना भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण