रणवीर सिंहको ‘धुरन्धर २’ ट्रेलरले मच्चायो तहल्का
सारांश
- रणवीर सिंहको फिल्म 'धुरन्धर २: द रिभेन्ज'को ट्रेलर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्चा बढेको छ।
- आलिया भट्ट र ऋतिक रोशनले ट्रेलरको प्रशंसा गर्दै रणवीर सिंहको अभिनयको तारिफ गरेका छन्।
- एक्सन र गम्भीर विषयवस्तुका कारण फिल्मले दर्शक र बलिउड स्टारहरूको ध्यान आकर्षित गरेको छ।
मुम्बई । बलिउड अभिनेता रणवीर सिंहको प्रतिक्षित चलचित्र ‘धुरन्धर २: द रिभेन्ज’ को ट्रेलर सार्वजनिक हुनेबित्तिकै सामाजिक सञ्जालमा निकै छाएको छ। यस ट्रेलरमा देखिएको शक्तिशाली एक्सन, गम्भीर पृष्ठभूमि संगीत र रणवीरको खतरनाक अवतारले दर्शक मात्र नभई बलिउडका ठूला स्टारहरूलाई समेत चकित पारेको छ।
ट्रेलर सार्वजनिक भएको छोटो समयमै यसले युट्युब र अन्य डिजिटल प्लेटफर्ममा लाखौँ भ्यूज बटुल्दै गर्दा उद्योगका चर्चित हस्तीहरूले पनि आफ्ना प्रतिक्रिया दिन थालेका छन्। खासगरी आलिया भट्ट र ऋतिक रोशन जस्ता दिग्गज कलाकारहरूको प्रतिक्रियाले फिल्मको चर्चालाई थप उचाइमा पुर्याएको छ।
ट्रेलर हेरेपछि बलिउड सुन्दरी आलिया भट्टले सामाजिक सञ्जालमा आफ्नो उत्साह व्यक्त गर्दै यो ट्रेलर ‘आउट अफ कन्ट्रोल’ रहेको बताएकी छिन्। उनले रणवीरको अभिनय र शारीरिक रुपान्तरणलाई ‘बिस्ट मोड अन’ भन्दै प्रशंसा गरेकी छिन्।
यसैबिच, ‘बलिउडका ग्रीक गड’ मानिने ऋतिक रोशनले पनि ट्रेलरमा कमेन्ट गर्दै रणवीर सिंहको कामको खुलेर तारिफ गरेका छन्। उनले ट्रेलरलाई निकै प्रभावशाली र उत्कृष्ट भन्दै प्रशंसा गरेका हुन्। रोचक कुरा के छ भने, यसअघि फिल्मको पहिलो भागको राजनीतिक विषयवस्तुसँग असहमति जनाएका ऋतिकले यसपटक भने सिक्वेलको ट्रेलरलाई उत्कृष्ट भनेका छन्।
रणवीरको यस फिल्मलाई लिएर बलिउडका अन्य हस्तीहरूले पनि सकारात्मक प्रतिक्रिया दिएका छन्। चर्चित निर्देशक राम गोपाल वर्मा र रोहित शेट्टी जस्ता एक्सन फिल्मका विशेषज्ञहरूले पनि फिल्मको टोलीलाई बधाई दिँदै यसको सफलताको कामना गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण