बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कम्युनिस्ट एकीकरण गर्न नेकपा (संयुक्त)को अपिल

आइतबार, २४ फागुन २०८२, १७ : ३७
आइतबार, २४ फागुन २०८२

सारांश

  • नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) ले कम्युनिस्ट आन्दोलनको पुनर्गठनबारे छलफल र एकताको लागि आह्वान गरेको छ।
  • पार्टीले रास्वपाको सफलताका लागि बधाई दिँदै लोकतान्त्रिक स्थिरताको कामना गरेको छ।
  • कम्युनिस्ट आन्दोलनलाई बचाउन र अगाडि बढाउन देशभरका कम्युनिस्टहरूलाई गम्भीर हुन आह्वान गरेको छ।

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) कम्युनिस्ट आन्दोलनको व्यापक पुनर्गठन, एकीकरण र पुनर्जागरणबारे छलफल चलाउन, सङ्गठित हुन र आवश्यक पहलकदमी लिनका अपिल गरेको छ । आइतबार बसेको उक्त पार्टीको निर्वाचन परिचालन कमिटी, सचिवालयको विस्तारित बैठकले यस्तो निर्णय गरेको कार्यवाहक अध्यक्ष घनश्याम भुसालले जनाएका छन् । 

बैठकपछि भुसालले जारी गरेको विज्ञप्तिमा लोकतान्त्रिक निर्वाचनमा रास्वपाले सफलताका लागि बधाई ज्ञापन गरिएको छ । साथै, लोकतान्त्रिक स्थिरता, मुलुकको स्वाधीनता र जनताको समृद्धिका आकाङ्क्षालाई कार्यान्वयन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीलाई सफलता मिलोस् भन्ने कामनासमेत गरेको छ । 

‘कम्युनिस्ट आन्दोलनको पुनर्गठन, एकीकरण र पुनर्जागरणको आवश्यकताबारे आम जनसाधारण तथा कार्यकर्ताको चासो र चिन्ताबारे हामी सबै जानकार छौँ’, नेकपा संयुक्तले भनेको छ, ‘यस परिस्थितिमा कम्युनिस्ट आन्दोलनको गौरवलाई बचाउन र अगाडि बढाउन देशभरिका सबै कम्युनिस्टहरू विशेष रुपले गम्भीर हुन हाम्रो पार्टी आह्वान गर्दछ ।’ 

त्यसका लागि विगतको वस्तुनिष्ठ समीक्षा गर्न, कमजोरीहरुको खुला खुलस्त आत्मालोचना गर्न र कम्युनिस्ट आन्दोलनको व्यापक पुनर्गठन, एकीकरण र पुनर्जागरणबारे छलफल चलाउन, सङ्गठित हुन र आवश्यक पहलकदमी लिनका लागि सम्बन्धित सबैमा हार्दिक अपिल समेत गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप