प्रतिनिधिसभा निर्वाचन
मतगणना नसकिँदै सुदन गुरुङ विजयी
सोमबार, २५ फागुन २०८२, ११ : ००
सारांश
- गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका सुदन गुरुङको जित निश्चित भएको छ।
- सुदन गुरुङले २४ हजार ५१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी प्रेम कुमार खत्रीले १३ हजार ५११ मत ल्याए।
- १० हजार ५ सय भन्दा कम मत गन्न बाँकी रहेकोले सुदनको जित सुनिश्चित भएको हो।
काठमाडौँ । गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका सुदन गुरुङको जित निश्चित भएको छ । ६४ हजार मत खसेको उक्त क्षेत्रमा ५३ हजार बढी मतगणना हुँदा सुदन गुरुङले २४ हजार ५१ मत ल्याएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रेम कुमार खत्रीले १३ हजार ५११ मत मात्रै ल्याएका छन् । अब गन्न बाँकी १० हजार ५ सय भन्दा कम भएकोले सुदनको अग्रता १० हजार ५ सय भन्दा बढि रहेको छ ।
त्यसकारण अब बाँकी सबै मत उनका निकटतम प्रतिद्वन्द्वी खत्रीलाई जाँदा पनि सुदनले जित्नेछन् । गोरखा १ मा तेस्रो स्थानमा नेकपाका हरिराज अधिकारी छन्, उनले १० हजार २३१ मत ल्याएका छन् भने चौथो स्थानमा रहेका नेकपा एमालेका आरसी लामिछानेले ३ हजार ८० मत ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण