समानुपातिक मतगणना
बुधबारसम्म समानुपातिक प्रणालीतर्फको मतगणना सकिने
मङ्गलबार, २६ फागुन २०८२, २३ : ०४
सारांश
- निर्वाचन आयोगका अनुसार बुधबार बिहानसम्म समानुपातिक प्रणालीतर्फको मतगणना सकिनेछ।
- सङ्खुवासभा, धनुषा १, गोरखा १ र २ लगायतका क्षेत्रमा मतगणना जारी छ।
- अहिलेसम्म समानुपातिकतर्फ १ करोड ६ लाख ५९ हजार ८५४ मत गणना भइसकेको छ।
काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फको केही क्षेत्रको मात्र मतगणना बाँकी रहेकाले बुधबार बिहानसम्म परिणाम प्राप्त हुने निर्वाचन आयोगले जनाएको छ ।
सङ्खुवासभा, धनुषा निर्वाचन क्षेत्र नं. १, गोरखा निर्वाचन क्षेत्र नं. १ र २, लगायत केही क्षेत्रको मात्र मतगणना बाँकी रहेको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई जानकारी दिए । यी क्षेत्रमा अहिले मतगणना जारी रहेकाले बुधबार बिहानसम्म समानुपातिकतर्फ अहिले पनि सबै क्षेत्रको मत परिणाम सार्वजनिक गर्ने गरी तयारी गरिएको उनले सुनाए ।
समानुपातिकतर्फ अहिलेसम्म एक करोड छ लाख ५९ हजार ८५४ मतगणना भइसकेको आयोगले जनाएको छ । पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको भने मतगणना यसअघि नै भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण