इराकको एर्बिलस्थित इटालियन सैन्य अड्डामा मिसाइल आक्रमण
बगदाद । इराकमा रहेको इटालीको सैन्य अड्डामा मिसाइल आक्रमण भएको छ । इटालीको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत उक्त जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार बुधबार राति अड्डामाथि एउटा मिसाइल प्रहार गरिएको थियो । तर घटनामा इटालियन सैनिकहरू कसैको पनि मृत्यु वा घाइते नभएको र सबै सुरक्षित रहेको बताइएको छ । घटनापछि अड्डामा रहेका सैनिकहरूले सुरक्षाका लागि बंकरमा आश्रय लिएका थिए ।
इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले पनि अलग वक्तव्य जारी गर्दै सबै सैन्य कर्मचारी सुरक्षित रहेको पुष्टि गरेका छन् ।
‘एर्बिलमा रहेको इटालियन सैन्य अखडामा भएको आक्रमणको कडा निन्दा,’ ताजानीले भनेका छन् । यस्तो घटनाले क्षेत्रीय सुरक्षामा थप जोखिम बढाएको उनको भनाइ छ । हालसम्म आक्रमण कसले गरेको भन्ने स्पष्ट भइसकेको छैन, तर मध्यपूर्वमा जारी तनावका कारण इराकको कुर्दिस्तान क्षेत्र पनि सुरक्षा जोखिममा परेको विश्लेषण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण