ग्यास सहज नहुँदा मारमा उपभोक्ता
शुक्रबार, २९ फागुन २०८२, १५ : ०१
सारांश
- उपभोक्ताहरू खाना पकाउने ग्यासको अभावका कारण मारमा परेका छन्।
- ग्यास सहज रूपमा उपलब्ध नहुँदा उपभोक्ताहरू सिलिन्डर लिएर भौतारिरहेका छन्।
- आयल निगमले शुक्रबारदेखि आधा सिलिन्डर ग्यास बेच्ने जनाएको छ।
काठमाडौँ । खाना पकाउने ग्यास बितरणमा समस्या देखिएपछि आम उपभोक्ता प्रत्यक्ष मारमा परेका छन् ।
सरोकारवाला निकायले नेपालमा प्रयाप्त मात्रामा ग्यास आपूर्ति भइसकेको दावी गरेपनि सहज रुपमा उपलव्ध हुन नसक्दा आम उपभोक्ता प्रत्यक्ष मारमा परेका हुन् ।
सहज रुपमा ग्यास नपाएपछि उपभोक्ताहरु खाली सिलिण्डर लिएर भौतारिरहेका छन् भने बितरण केन्द्रमा लामो लाइन देखिएको छ ।
ग्यासको सहज बितरणमा समस्या देखिएपछि आयल निगमले शुक्रबारदेखि आधा सिलिन्डर ग्यास बिक्रिबितरण हुने जनाएको छ ।
मध्यपूर्वमा देखिएको तनावका कारण अन्तर्राष्ट्रिय बजारमा देखिएको आपूर्तिको समस्याको प्रभाव नेपालमा पनि देखिन सक्ने भएकाले सहज व्यवस्थापन गर्नुपर्ने उपभोक्ताहरुको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण