बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बैंकिङ कसुरकी फरार प्रतिवादी पाण्डे पक्राउ

शनिबार, ३० फागुन २०८२, १६ : ५२
शनिबार, ३० फागुन २०८२

सारांश

  • बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएर फरार ३१ वर्षीया सदिशा पाण्डेलाई प्रहरीले काठमाडौँको रानीवनबाट पक्राउ गरेको छ।
  • जिल्ला अदालत काठमाडौँले पाण्डेलाई ३६ लाख ८२ हजार ९ सय ८० रुपैयाँ जरिवाना, ३ दिन कैद र क्षतिपूर्ति तिराउने फैसला गरेको थियो।
  • चेक बाउन्स लगायतका बैंकिङ कारोबारमा ठगी गरेको पुष्टि भएपछि उनी लामो समयदेखि प्रहरीको खोजी सूचीमा थिइन्।

काठमाडौँ । बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेकी ३१ वर्षीया सदिशा पाण्डे (खनाल) लाई प्रहरीले काठमाडौँको रानीवनबाट पक्राउ गरेको छ। बर्दियाको राजापुर नगरपालिका–५ घर भई हाल काठमाडौँको नागार्जुन नगरपालिका–१ रानीवन बस्दै आएकी पाण्डेलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले बिहीबार नियन्त्रणमा लिएको हो। 

जिल्ला अदालत काठमाडौँले २०८२ वैशाख ३ गते उनलाई बैंकिङ कसुरमा दोषी ठहर गर्दै सजाय सुनाएको थियो तर उनी फैसला कार्यान्वयनबाट बच्न लुकिछिपी बस्दै आएकी थिइन्।

अदालतले पाण्डेलाई ३६ लाख ८२ हजार ९ सय ८० रुपैयाँ जरिवाना, ३ दिन कैद र पीडित राहत कोषमा १ लाख ४७ हजार ३ सय १९ रुपैयाँ क्षतिपूर्ति जम्मा गर्नुपर्ने फैसला सुनाएको थियो। चेक बाउन्स लगायतका बैंकिङ कारोबारमा ठगी गरेको पुष्टि भएपछि उनीमाथि यो सजाय तोकिएको हो। 

लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेकी उनलाई गोप्य सूचनाका आधारमा उनकै निवास नजिकैबाट समातिएको हो। पक्राउ परेकी पाण्डेलाई तोकिएको कैद भुक्तान र जरिवाना असुलीको प्रक्रिया अगाडि बढाउनका लागि जिल्ला अदालत काठमाडौँमा पेश गरिएको प्रहरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप