१२ बजे १२ समाचार: ग्यास बिक्री वितरणका लागि निगमको पहल, समानुपातिक सांसदहरूको नाम टुङ्गो लगाउँदै दलहरु
सारांश
- एमालेले समानुपातिकतर्फ १६ जना उम्मेदवारको नाम सिफारिस गरेको छ।
- गोरखामा विद्युतीय गाडी दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।
- एनआरएनएको १२औँ विश्व सम्मेलन काठमाडौँमा सुरु भएको छ।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ।
१. एमालेबाट समानुपातिकतर्फ १६ जनाको नाम सिफारिस
नेकपा (एमाले)ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेको छ । शनिबार बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो ।
२. कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक
नेपाली कांग्रेसले प्रतिनिधि सभाको समानुपातिकतर्फका सांसदहरूको नाम टुङ्गो लगाउन केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालयले एक सूचना जारी गर्दै आगामी आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने जानकारी दिएको हो।
३. विद्युतीय गाडी दुर्घटनामा ७ जनाको मृत्यु
गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।
४. एनआरएनको १२औँ विश्व सम्मेलन सुरु
एनआरएनएको १२ औँ विश्व सम्मेलन काठमाडौँमा सुरु भएको छ । शनिबारदेखि सो संस्थाको १२ औँ विश्व सम्मेलन सुरु भएको हो ।
५. ग्यास बिक्री वितरणका लागि निगमको पहल
नेपाल आयल निगमले एलपी ग्यासको बिक्री–वितरणलाई थप व्यवस्थित बनाउन बिक्रेताले उपभोक्तालाई बिक्री गरेको ग्यासको विवरण अनिवार्य रूपमा अभिलेख राख्नुपर्ने व्यवस्था गरेको छ ।
६. डेढ वर्षअघि ३५ जनाको ज्यान लिएको झ्याप्लेखोला पहिरो नियन्त्रण अन्तिम चरणमा
डेढ वर्षअघि ३५ जनाको ज्यान जाने गरी आएको विनाशकारी झ्याप्ले खोला पहिरो नियन्त्रणको काम ९९ प्रतिशत सम्पन्न भएको छ । नागढुंगा–मुग्लिन मुग्लिन सडक अन्तर्गतको नागढुंगा–नौबिसे सडक खण्डमा पर्ने यो संवेदनशील क्षेत्रमा गरिएको बलियो रोकथामका कारण आगामी वर्षायाममा सडक अवरुद्ध हुने जोखिम कम हुने अपेक्षा गरिएको छ ।
७. रास्वपाको सचिवालय बैठक सर्यो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालयको बैठक आइतबार बस्ने भएको छ । आज बस्ने भनिएको बैठक भोलि बिहान (आइतबार) का लागि तय भएको हो ।
८. शनिबार विशेष
नेपाली सेनाले लेबनानमा नेपाली शान्ति सैनिक सुरक्षित रहेको बताएको छ । लेबनानस्थित नेपाली शान्ति सैनिकको बटालियन हेडक्वार्टरमा हवाई आक्रमण भएको खबर आएपछि सेनाले सो प्रतिक्रिया दिएको हो ।
१०. संसदीय दलको नेता छान्दै रास्वपा
प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना सम्पन्न भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाले) संसदीय दलको नेता छान्ने प्रक्रिया अगाडि बढाउने भएको छ ।
११. खेलकुद
१२. साहित्य
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण