अमेरिका–इजरायल आक्रमणमा इरानका डेढ सय भन्दा बढी स्वास्थ्य संस्थामा क्षति
आइतबार, ०१ चैत २०८२, १४ : ३९
सारांश
- इरानमा अमेरिका र इजरायलको आक्रमणबाट १५३ स्वास्थ्य संस्थाहरूमा क्षति पुगेको छ।
- क्षतिग्रस्त स्वास्थ्य संस्थाहरूमध्ये ५६ वटा स्वास्थ्य सेवा केन्द्रहरू छन्।
- यस घटनामा १० जनाको मृत्यु भएको छ भने २४८ जना घाइते उपचारपछि डिस्चार्ज भएका छन्।
काठमाडौँ । अमेरिका र इजरायलको आक्रमणका कारण इरानमा डेढ सय भन्दा बढी स्वास्थ्य संस्थामा क्षति पुगेको इरानी सञ्चार माध्यमले बताएका छन् ।
समाचार एजेन्सी तास्मिन न्यूज एजेन्सीका अनुसार देशको स्वास्थ्य सञ्जालअन्तर्गत रहेका १५३ स्वास्थ्य इकाइहरूमा क्षति पुगेको छ । तीमध्ये ५६ वटा समग्र स्वास्थ्य सेवा केन्द्रमा सबैभन्दा बढी क्षति भएको उल्लेख गरिएको छ ।
प्रतिवेदनमा मेडिकल विश्वविद्यालयहरू पनि प्रभावित भएको जनाइएको छ । पश्चिमी इरानमा रहेको केर्मनशाह चिकित्सा विज्ञान विश्वविद्यालयअन्तर्गतका ४२ स्वास्थ्य इकाइमा सबैभन्दा बढी क्षति पुगेको छ । त्यसपछि इस्फहान क्षेत्रका १९ इकाइ प्रभावित भएका छन्।
यस घटनाक्रममा हालसम्म १० जनाको मृत्यु भएको र २४८ जना घाइतेको उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको पनि समाचारमा उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण