राजनीति
राप्रपाले टुङ्ग्यायो समानुपातिक सांसद बन्ने ४ जनाको नाम, को–को समेटिए ?
आइतबार, ०१ चैत २०८२, १५ : ४१
सारांश
- राप्रपाले समानुपातिक सांसद बन्ने ४ जनाको नाम टुंगो लगाएको छ।
- आइतबार बसेको बैठकले प्रतिनिधिसभा सदस्य पदका लागि सिफारिस गर्ने निर्णय गर्यो।
- भरत गिरी, ताहिर अली, खुस्बु ओली र सरस्वती लामालाई सांसदका लागि छनोट गरियो।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले समानुपातिक सांसद बन्ने ४ जनाको नाम टुङ्गो लगाएको छ । आइतबार राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले नाम टुङ्गो लगाएको हो ।
समानुपातिक बन्दसूचीमा रहेका ४ जनालाई प्रतिनिधिसभा सदस्य पदमा सिफारिस गर्ने निर्णय गरिएको प्रवक्ता मोहन श्रेष्ठले बताए ।
को–को समेटिए ?
१. भरत गिरी– खस आर्य पुरुष– महोत्तरी
२. ताहिर अली– मुस्लिम पुरुष– रुपन्देही
३. खुस्बु ओली– खस आर्य महिला– झापा
४. सरस्वती लामा– जनजाति महिला– धादिङ
बैठकले विषम परिस्थीतिमा पार्टीका उम्मेदवारहरुलाई मतदान गर्ने र ज्ञानेन्द्र शाहीलाई विजयी गराउने मतदाताप्रति धन्यवाद व्यक्त गर्दै शाहीलाई बधाई दिने निर्णय समेत गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण