चीनले मार्च ३० देखि उत्तर कोरियामा प्रत्यक्ष उडान पुन: सुरु गर्दै
बेइजिङ । एयर चाइनाले मार्च – ३० देखि बेइजिङ – प्योङयाङ प्रत्यक्ष उडानहरू पुन: सुरु गर्ने तयारी गरेको एयर चाइनालाई उदृत गर्दै एएफपीले जनाएको छ । यस अघि दुई राजधानीहरू बीच रेल सेवाहरू छ वर्षको अवरोध पछि गत बिहीबार देखि पुनः सुरु भइसकेको जनाइएको छ ।
चीन उत्तर कोरियाको सबैभन्दा ठुलो व्यापारिक साझेदार हो भने कूटनीतिक, आर्थिक र राजनीतिक समर्थनको मुख्य स्रोत हो । यद्यपि, कोभिड – १९ महामारीको समयमा सीमा बन्द भए पछि सन् २०२० देखि दुई देश बीचको यात्रामा कटौती गरिएको थियो ।
फ्लाइट सिए – १२१ बेइजिङ एयरपोर्टबाट प्योङयाङका लागि प्रस्थान गर्ने र सोही दिन फिर्ती उडान गर्ने कार्यक्रम तय गरिएको छ । उत्तर कोरियाको सरकारी एयर कोर्योले सन् २०२३ मा बेइजिङबाट प्योङयाङ जाने उडान पुनः सुरु गरेको थियो ।
चिनियाँ ट्राभल एजेन्सीहरूले सामाजिक सञ्जालमा उत्तर कोरियाका लागि भ्रमण प्याकेजहरूको विज्ञापन गर्न थालेका छन्, यद्यपि पर्यटन पुनः सुरु भएको कुनै आधिकारिक पुष्टि भने भएको छैन ।
पहिलो यात्रुहरू विद्यार्थी, कामदार र सीमापार पारिवारिक सम्बन्ध भएका व्यक्तिहरू हुने अपेक्षा गरिएको छ । उडानको घोषणा पर्यटनका लागि आशाजनक भए पनि पश्चिमी पर्यटकहरूका बारेमा अझै कुनै पुष्टि भएको छैन ।
सन् २०१९ पछि पहिलो प्योङयाङ म्याराथनमा भाग लिन केही विदेशी पर्यटकहरूले सन् २०२५ अप्रिल मा उत्तर कोरिया भ्रमण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण