१० बजे १० समाचार : समानुपातिकतर्फ सांसदको सूची टुङ्गियो, यस पटक पनि देखियो ‘नातावाद’को नमुना
सारांश
- समानुपातिक तर्फ सांसदको सूची सार्वजनिक भयो, जसमा नातावाद देखिएको छ।
- भीआईपीलाई धम्क्याएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्, जसले २ करोड रुपैयाँ लिएको स्वीकारेका छन्।
- एनआरएनएको १२औँ विश्व सम्मेलन १२ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भयो।
आज २०८२ चैत २ गते सोमबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा समानुपातिकतर्फ सांसदको सूची टुङ्गियो, समानुपातिकतर्फ यस पटक पनि देखियो नातावाद, भीआईपीलाई धम्क्याउन २ करोड, विवादित पात्र नै किन रुचाइन् प्रधानमन्त्रीले ?, एनआरएनएको १२औँ विश्व सम्मेलन १२ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न, एन्फाको निर्णयविरुद्ध ‘ए’ डिभिजन क्लब आन्दोलित लगायत छन् ।
१. समानुपातिकतर्फ सांसदको सूची टुङ्गियो
प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने सांसदको सूची टुङ्गो लागेको छ । निर्वाचन आयोगले सोमबार समानुपातिकतर्फबाट निर्वाचित ११० सांसदको सूची सार्वजनिक गरेको हो ।
२. समानुपातिकतर्फ यस पटक पनि देखियो नातावाद
प्रतिनिधि सभाको हालै सम्पन्न निर्वाचनमा समानुपातिकतर्फ दलहरूले यस पटक पनि नातावादको नमुना प्रदर्शन गरेका छन् । समानुपातिक प्रणालीलाई दलका शीर्ष नेताको नातागोता, आफन्त समेट्न प्रयोग हुँदै आएको भन्दै यसअघि चर्को आलोचना हुँदै आएको थियो । यद्यपि, अहिले पनि त्यस्ता केही नमुना देखा परेका छन् ।
३. भीआईपीलाई धम्क्याउन २ करोड
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित भीआईपी (हाइप्रोफाइल)लाई धम्क्याउने प्रकाश पाठक यतिबेला प्रहरीको हिरासतमा छन् । उनले भीआईपीलाई धम्क्याउनकै लागि नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीसँग २ करोड रुपैयाँ लिएको पाठकले स्वीकार गरेका छन् ।
४. विवादित पात्र नै किन रुचाइन् प्रधानमन्त्रीले ?
प्रधानमन्त्री सुशीला कार्कीले प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्श श्रेष्ठलाई नियुक्त गरेको विषय विवादमा तानिएको छ । श्रेष्ठ विगतदेखि नै विभिन्न विवादमा तानिएका भए पनि प्रधानमन्त्रीको रोजाइमा उनी नै परेका हुन् ।
५. एनआरएनएको १२औँ विश्व सम्मेलन १२ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न
गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ विश्व सम्मेलन तथा बृहत् अन्तर्राष्ट्रिय महाधिवेशन १२ बुँदे घोषणापत्र जारी गर्दै सोमबार सम्पन्न भएको छ ।
६.एन्फाको निर्णयविरुद्ध ‘ए’ डिभिजन क्लब आन्दोलित
अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ‘ए’ डिभिजन लिग सञ्चालनका लागि एकतर्फी र मनोमानी ढंगबाट निर्णय गरेको भन्दै क्लबहरू आन्दोलित भएका छन् ।
७. संसदीय राजनीतिबाट विश्राम लिए सीके राउतले
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले संसदीय राजनीतिबाट विश्राम लिएको घोषणा गरेका छन् । उनले अब उप्रान्त निर्वाचनमा उम्मेदवार नबन्ने र पदको राजनीतिमा नरहने प्रस्ट पारेका हुन् ।
८. कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी
जेनजी मुभमेन्ट अलायन्सले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न र सरकारले गरेका पछिल्ला राजनीतिक नियुक्ति खारेज गर्न माग गर्दै कालोपट्टी बाँधेर सोमबार प्रदर्शन गरेको छ ।
९. खाडीमा रहेका ७२ हजार नेपालीले स्वदेश फर्किन टिपाए विवरण
पश्चिम एसियामा जारी तनावका कारण ७२ हजारभन्दा बढी नेपालीले स्वदेश फर्किन आफ्नो विवरण टिपाएका छन् ।
१०. राजदूतको जिम्मेवारीबाट फिर्ता बोलाइएकाहरू हाजिरकै भरमा खाइरहेछन् तलब
सरकारले विभिन्न देशबाट फिर्ता बोलाएका नेपाली राजदूतलाई मन्त्रालयमा राखेर हाजिर गराए पनि काम दिएको छैन । परिणामस्वरुप उनीहरू मन्त्रालयमा आएर हाजिर गर्ने र कामविना नै तलब बुझ्ने गरिरहेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यक्रमस्थलबाटै यसरी पक्राउ परे एमाले उपाध्यक्ष पौडेल
-
नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
जलवायु संकटको चक्रव्यूहमा नेपाल, इतिहासकै गम्भीर संकट
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण