१० बजे १० समाचार : सीको किताब जलाउँदा तरङ्ग, रास्वपाका सांसदलाई अभिमुखीकरण
आज २०८२ चैत ३ गते मंगलबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
- फेक रेस्क्यु प्रकरण
पर्वतारोहण र ट्रेकिङ्ग क्षेत्रमा पर्यटकको ‘फेक रेस्क्यु’ (नक्कली उद्धार) गरेर अवैध बीमा रकम दाबी गर्नेमा ३३ जनाको संलग्नता देखिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान पूरा गरेर सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ ।
- जादुयी नम्बर फेल
नेपाली कम्युनिस्ट पार्टीको मुख्य घटक (साविक नेकपा माओवादी केन्द्र)ले निर्वाचनमा १८ वर्ष यताकै ठुलो धक्का खाएको छ । फागुन २१ मा सम्पन्न निर्वाचनमा नेकपा एकीकृत समाजवादी लगायत २५ वटा घटकसँग एकता गरेर निर्वाचनमा भाग लिएको थियो । तर निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम चुनावी परिणाम हेर्दा नेकपाले (प्रत्यक्ष ८ र समानुपातिक ९) गरी जम्मा १७ सिट जित्न सफल भयो ।
- ‘स्टन्ट’ सुरू
फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनबाट थुप्रै नयाँ अनुहार निर्वाचित भएका छन् । प्रतिनिधिसभा सदस्यको रूपमा उनीहरूले पद तथा गोपनीयताको शपथ लिएपछि उनीहरू आधिकारिक रूपमा सांसद बन्नेछन् । शपथ ग्रहणको काम बाँकी नै छ । तर कतिपय सांसदहरूले भने आफूलाई कार्यकारी प्रमुख झैँ प्रस्तुत गर्दै ‘स्टन्ट’ सुरू गरिसकेका छन् ।
- नयाँ सरकार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ सरकार गठनको औपचारिक प्रक्रिया चैत ५ गतेपछि मात्र सुरु गर्ने भएको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा झन्डै दुई तिहाइ बहुममत प्राप्त गरेपछि एकल सरकार गठनको आन्तरिक गृहकार्यमा पार्टीका शीर्ष नेताहरू लागिरहेका छन् ।
- पश्चिम एसिया तनाव
इजरायल–अमेरिका र इरानबिच द्वन्द्व तत्कालै टुंगिहाल्ने सम्भावना कम देखिन्छ । फेब्रुअरी २८ बाट सुरू भएको यो युद्धले विश्वका धेरै देशमा जस्तै नेपालमा पनि ऊर्जा बजारदेखि दैनिक जनजीवनसम्ममा असर पार्ने देखिन्छ ।
- चलचित्र कलाकार संघ
फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको परिणाम आएर सरकार निर्माणको गृहकार्य हुँदै गर्दा कला क्षेत्रमा अर्को चुनावी सरगर्मी बढेको छ । आगामी चैत २८ मा नेपाल चलचित्र कलाकार संघको २०औं महाधिवेशन हुँदैछ, जसबाट नयाँ नेतृत्व चयन हुनेछ ।
- रास्वपाका सांसदलाई अभिमुखीकरण
प्रतिनिधिसभा निर्वाचनमा ऐतिहासिक सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदहरूका लागि मंगलबारदेखि ललितपुरमा विशेष अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ।
- अदालत
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दाको अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता विरुद्धको रिट सुनुवाइ पूरा नभएपछि हेर्दाहेर्दैमा राखिएको छ ।
- दलको नेता को ?
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा अप्रत्याशित हार व्यहोरेको नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० सिट गरी जम्मा ३८ सिट जितेको छ । २०७९ को निर्वाचनमा ८९ सिट जितेर पहिलो पार्टी बनेको कांग्रेस दोस्रोमा झरेसँगै प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल बन्ने निश्चित भएको छ ।
- चिनियाँ राष्ट्रपतिको किताब
गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धलाई असर पुर्याउने किसिमको घटनाका सम्बन्धमा छानबिन गरी दोषी उपर आवश्यक कारबाही गर्न नेपाल प्रहरीलाई निर्देशन दिएको छ। परराष्ट्र मन्त्रालयको पत्रानुसार विस्तृत व्यहोरा संलग्न पत्रबाट अवगत भएको र पत्रमा उल्लेख भएको घटनाका सम्बन्धमा छानबिन गरी दोषीलाई कारबाहीका लागि पठाइएको मन्त्रालयले उल्लेख गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
-
पोखरा लेकसाइड नजिकै दुर्घटना, एक युवकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण