चिनियाँ राष्ट्रपतिको किताब जलाएको घटना छानबिन गरी दोषीलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
सारांश
- गृह मन्त्रालयले नेपाल-चीन सम्बन्धमा असर पार्ने घटनाको छानबिन गरी कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ।
- परराष्ट्र मन्त्रालयको पत्र अनुसार, मोरङको मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपतिको पुस्तक जलाइएको घटनामा छानबिन हुनेछ।
- चीनले उक्त घटनाबारे चासो व्यक्त गर्दै कारबाहीका लागि परराष्ट्र मन्त्रालयमार्फत ध्यानाकर्षण गराएको थियो।
काठमाडौँ । गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धलाई असर पुर्याउने किसिमको घटनाका सम्बन्धमा छानबिन गरी दोषी उपर आवश्यक कारबाही गर्न नेपाल प्रहरीलाई निर्देशन दिएको छ।
परराष्ट्र मन्त्रालयको पत्रानुसार विस्तृत व्यहोरा संलग्न पत्रबाट अवगत भएको र पत्रमा उल्लेख भएको घटनाका सम्बन्धमा छानबिन गरी दोषीलाई कारबाहीका लागि पठाइएको मन्त्रालयले उल्लेख गरेको छ।
मोरङको मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सि जिनपिङको ‘द गभर्नेन्स अफ चाइना’ भन्ने किताब जलाएको विषयमा चीनले परराष्ट्र मन्त्रालयमार्फत ध्यानाकर्षण गराएको थियो।
उक्त घटनाको छानबिन तथा कारबाही गर्न काठमाडौँस्थित जनवादी गणतन्त्र चीनको दूतावासबाट प्राप्त कूटनीतिक पत्रसहित परराष्ट्र मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरेको थियो ।
सोही पत्र उपर गृह मन्त्रालयले आवश्यक कारबाहीका लागि प्रहरीलाई पत्राचार गरेको हो । सो घटनाका सम्बन्धमा अनुसन्धान गर्न दोषीलाई कानुनी दायरामा ल्याउन मोरङको सिडिओ प्रशासन र प्रहरीलाई गृह मन्त्रालयले निर्देशन दिएको हो ।
छुटाउनुभयाे कि ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण