बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
फोटो

सांसदको शपथका लागि सिंहदरबारको अस्थायी हल यस्तो बन्यो, तस्बिरमा हेर्नुहोस्

बुधबार, ०४ चैत २०८२, १४ : ५६
बुधबार, ०४ चैत २०८२

सारांश

  • नवनिर्वाचित सांसदहरूको शपथग्रहणका लागि सिंहदरबारमा अस्थायी हल तयार हुँदैछ।
  • चैत १२ गते शपथग्रहण कार्यक्रम आयोजना गर्ने तयारी अन्तिम चरणमा पुगेको छ।
  • नयाँ संसद् भवन निर्माण सम्पन्न नभएकाले अस्थायी हलमा कार्यक्रम गरिने भएको हो।

काठमाडौँ । सिंहदरबारभित्र निर्माणाधीन नयाँ संसद् भवनमा नवनिर्वाचित सांसदहरूको शपथग्रहणका लागि अस्थायी हलमा गरिएको तयारी अन्तिम चरणमा पुगेको छ। 

संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार, चैत १२ गते शपथग्रहण कार्यक्रम आयोजना गर्ने तयारी तीव्र रूपमा भइरहेको छ।

नयाँ संसद् भवन अझै पूर्ण रूपमा तयार नभएकाले अस्थायी हल बनाएर कार्यक्रम सञ्चालन गर्ने योजना बनाइएको हो। हलमा माइक, बत्ती र अन्य आवश्यक व्यवस्थापनका काम धमाधम भइरहेको छ।

सांसदहरूको शपथग्रहणको आवश्यकता जेनजी आन्दोलनको क्रममा पुरानो संसद् भवनमा भएको आगलागी पछि उत्पन्न वैकल्पिक स्थानको कमीका कारण परेको थियो। त्यसअनुसार, सिंहदरबारभित्र निर्माणाधीन बहुउद्देश्यीय हललाई अस्थायी रूपमा व्यवस्थापन गरी कार्यक्रमका लागि तयार पारिएको छ। प्रवक्ता गिरीका अनुसार उक्त हल केही दिनभित्रै पूर्ण रूपमा तयार हुने अपेक्षा गरिएको छ।

Samsad Hall_ parliament_Nepal Photo Library1Samsad Hall_ parliament_Nepal Photo Library2Samsad Hall_ parliament_Nepal Photo Library3Samsad Hall_ parliament_Nepal Photo Library4Samsad Hall_ parliament_Nepal Photo Library6Samsad Hall_ parliament_Nepal Photo Library7Samsad Hall_ parliament_Nepal Photo Library8Samsad Hall_ parliament_Nepal Photo Library9Samsad Hall_ parliament_Nepal Photo Library10Samsad Hall_ parliament_Nepal Photo Library11Samsad Hall_ parliament_Nepal Photo Library12Samsad Hall_ parliament_Nepal Photo Library13Samsad Hall_ parliament_Nepal Photo Library14Samsad Hall_ parliament_Nepal Photo Library15Samsad Hall_ parliament_Nepal Photo Library16Samsad Hall_ parliament_Nepal Photo Library17Samsad Hall_ parliament_Nepal Photo Library18Samsad Hall_ parliament_Nepal Photo Library19Samsad Hall_ parliament_Nepal Photo Library20

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप