इरान–इजरायल युद्ध
बहराइनमा खतराको साइरन: नागरिकहरूलाई तत्काल सुरक्षित स्थानमा जान गृह मन्त्रालयको आग्रह
बिहीबार, ०५ चैत २०८२, ०० : ३५
सारांश
- बहराइनको गृह मन्त्रालयले देशभर खतराको साइरन बजाएर नागरिकहरूलाई उच्च सतर्क रहन निर्देशन दिएको छ।
- मन्त्रालयले सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ।
- क्षेत्रीय तनाव बढ्दै गएका बेला बहराइनले सुरक्षा सतर्कताका लागि यो कदम चालेको हो।
काठमाडौँ । बहराइनको गृह मन्त्रालयले देशभर खतराको साइरन बजाउँदै नागरिकहरूलाई उच्च सतर्क रहन निर्देशन दिएको छ ।
मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत एक आधिकारिक विज्ञप्ति जारी गर्दै सबै नागरिक र त्यहाँ बसोबास गर्ने विदेशी बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानतर्फ लाग्न आग्रह गरेको हो ।
‘सबै नागरिक र बासिन्दाहरूलाई संयमता अपनाउन र शान्त रहन आग्रह गरिन्छ,’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘तत्काल आफ्नो नजिकैको सुरक्षित स्थान वा आश्रयस्थलमा जानुहोला ।’
क्षेत्रीय तनाव बढ्दै गएका बेला बहराइनले सुरक्षा सतर्कताका लागि यो कदम चालेको हो ।
त्यस्तै कतारले पनि सुरक्षा खतरा बढेको कारणले गर्दा बासिन्दाहरूलाई घर भित्रै बस्न आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण