२८ हजार ९ सय डलरसहित ३ नेपाली नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ
काठमाडौँ। अवैध रूपमा विदेशी मुद्रा बोकेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले तीन जना नेपाली नागरिकलाई पक्राउ गरेको छ ।
कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार चैत ५ गते पौने १२ बजे चीनको ग्वाङझाउतर्फ जान लागेका यात्रुहरूलाई अन्तर्राष्ट्रिय प्रस्थान क्षेत्रमा जाँच गर्ने क्रममा उनीहरूको साथबाट अमेरिकी डलर बरामद गरिएको हो।
शरीर खानतलासी तथा ब्यागेज स्क्यानिङका क्रममा उनीहरूले लुकाई–छिपाई लैजान खोजेको अमेरिकी डलर फेला परेपछि तत्काल नियन्त्रणमा लिइएको सुरक्षा कार्यालयले जनाएको छ । पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन पुलचोक, ललितपुर पठाइएको छ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१ बस्ने ४५ वर्षीया अनिता लामा, सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–६ बस्ने ३८ वर्षीया संगिता लामा र सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका–७ बस्ने ४७ वर्षीय विनोद लामा रहेका छन् ।
उनीहरूबाट क्रमशः १० हजार अमेरिकी डलर, १० हजार अमेरिकी डलर र ८,९०० अमेरिकी डलर गरी जम्मा २८,९०० अमेरिकी डलर बरामद गरिएको सुरक्षा कार्यालयले जनाएको छ । यस घटनाबारे थप अनुसन्धान जारी रहेको र विदेशी मुद्रा ओसारपसार नियन्त्रणमा कडाइ गरिएको कार्यालयले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण