चुनावी समीक्षा प्रतिवेदन पठाउन जसपा नेपालको सर्कुलर
शुक्रबार, ०६ चैत २०८२, १७ : २४
सारांश
- जसपा नेपालले प्रतिनिधि सभा सदस्य निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन सर्कुलर जारी गरेको छ।
- पार्टी अध्यक्ष उपेन्द्र यादवले मातहतका समितिहरूलाई समीक्षा प्रतिवेदन पठाउन निर्देशन दिएका छन्।
- चैत २० गतेभित्र चुनावी प्रतिवेदन पार्टी केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्नेछ।
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधि सभा सदस्य निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन सर्कुलर जारी गरेको छ ।
पार्टी अध्यक्ष उपेन्द्र यादवले शुक्रबार वडा, पालिका, निर्वाचन क्षेत्र समन्वय समिति, जिल्ला समिति, राष्ट्रिय समिति र प्रदेश समितिहरुले आ–आफ्नो क्षेत्र र तहको निर्वाचनसम्बन्धी समीक्षा बैठक राखी छलफल र चुनावी विश्लेषण तथा समीक्षा गरी लिखित प्रतिवेदन पठाउन पार्टी मातहत समितिलाई सर्कुलर जारी गरेका हुन् ।
सो पार्टीका नेता पूर्ण बस्नेतले चुनावी प्रतिवेदन पार्टी समिति र पार्टीका उम्मेदवारहरुले समेत आफ्नो छुट्टै समीक्षा प्रतिवेदन वा चुनावी रिपोर्ट पठाउन सक्ने बताए ।
चैत २० गतेभित्र चुनावी प्रतिवेदन पार्टी केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्ने गरी निर्देशन जारी गरिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थान कब्जा गर्ने नेपालको दाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण