कविता
अब त हुने भो
शनिबार, ०७ चैत २०८२, ०८ : ५४
सारांश
- देशमा रोजगारीका अवसरहरू खुल्नेछन्, जसले गर्दा मानिसहरू देशमै काम गर्न थाल्नेछन्।
- भ्रष्टाचार र कमिसनको अन्त्य हुनेछ, सुशासन कायम हुनेछ र खेतबारीमा उत्पादन बढ्नेछ।
- देशका नदीनालाबाट बिजुली बत्ती बल्नेछ, कारखानाहरू खुल्नेछन्, र निर्यात सुरु हुनेछ।
सुनामी जस्तै भो
आँधीबेहरी, टोरनाडो जस्तै भो
हुँदैन जस्तै लागेको थियो
अब त हुन भो
रोजगारी खुल्ने भो
घर परिवारमा मन भुल्ने भो
म्यानपावरका दोकान बन्दभइ
देशमै कामगरी बस्ने हो
भ्रष्टाचार बिलाउने भो
कमिसन हराउने भो
नातावाद कृपावाद शून्य
सुशासन आउने भो
खेतबारी फल्ने भो
चुरे चारकोसे घना हुने भो
आफ्नै देशको नदीनालाले
गाउँ सहरमा बत्ती बल्ने भो
कारखाना खुल्ने भो
उत्पादन बढ्ने भो
आयात गर्नु पर्दैन हामीले
अब त निर्यात गर्ने हो
बुढापाकाले अनुभव दिने हो
श्रमकर्ताले हातगोडा चलाउने हो
मेहनत गरेर पसीना बगाइ
जवानहरूले देश चलाउने हो
(लस एन्जेलस)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण