फ्रान्सको स्थानीय निर्वाचन: पेरिस र मार्सेमा वामपन्थीको बर्चस्व
सारांश
- फ्रान्सको स्थानीय तह निर्वाचनमा वामपन्थी र दक्षिणपन्थी दलहरूको पुनरागमन भएको छ।
- पेरिसमा सोसलिस्ट पार्टीका इमानुएल ग्रेगोइरे र निसमा दक्षिणपन्थी नेशनल र्यालीले जित हासिल गरे।
- निर्वाचनमा मतदान ४८ प्रतिशत रह्यो, जसले परम्परागत दलहरूको प्रभाव कायमै रहेको देखाउँछ।
पेरिस । फ्रान्समा सम्पन्न स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा परम्परागत वामपन्थी र दक्षिणपन्थी शक्तिहरूले बलियो पुनरागमन गरेका छन्।
राजधानी पेरिसमा सोसलिस्ट पार्टीका इमानुएल ग्रेगोइरेले सानदार जित दर्ता गरेका छन् भने दक्षिणपन्थी नेसनल र्याली (आरएन) ले मुलुकको पाँचौँ ठुलो सहर निसमा महत्वपूर्ण सफलता हात पारेको छ। १५ सयभन्दा बढी कम्युनहरूमा भएको मतदानको नतिजाले फ्रान्सेली राजनीतिमा नयाँ ध्रुवीकरणको संकेत गरेको छ।
पेरिसको मेयरमा निर्वाचित ४८ वर्षीय ग्रेगोइरेले परम्परागत वामपन्थी, ग्रीन पार्टी र कम्युनिस्टहरूको संयुक्त सूचीको नेतृत्व गरेका थिए। एक्जिट पोलहरूका अनुसार उनले ५१ देखि ५३ प्रतिशत मत प्राप्त गर्दै कन्जरभेटिभ प्रतिद्वन्द्वी राचिडा डाटीलाई पराजित गरे। निवर्तमान मेयर एनी हिडाल्गोका पूर्व उपमेयर रहेका ग्रेगोइरेले पेरिसलाई दक्षिणपन्थी र अति-दक्षिणपन्थी विचारधारा विरुद्धको 'किल्ला' बनाउने प्रतिबद्धता जनाएका छन्।
फ्रान्सको दोस्रो ठुलो सहर मार्सेमा पनि सोसलिस्ट पार्टीका बेनोइट पायान ५६.३ प्रतिशत मतसहित पुनः निर्वाचित हुने बाटोमा छन्। मार्से र टोलोन जस्ता प्रमुख दक्षिणी सहरहरूमा कब्जा जमाउने अति-दक्षिणपन्थी समूह 'नेसनल र्याली' को योजना भने असफल भएको छ। टोलोनमा मध्य-दक्षिणपन्थी उम्मेदवार जोसे मासी ५३.५ प्रतिशत मतका साथ अगाडि देखिएकी छिन्। सोसलिस्ट पार्टीका प्रमुख ओलिभर फाउरेले पेरिस र मार्सेको जितलाई अति-दक्षिणपन्थीको प्रतिगमन रोक्ने बलियो आधारका रूपमा व्याख्या गरेका छन्।
हारका बाबजुद नेसनल र्यालीका प्रमुख जोर्डन बार्डेलाले आफ्नो पार्टीले इतिहासकै ठुलो फड्को मारेको दाबी गरेका छन्। पहिलो चरणमै पर्पिग्नन सहर जितेको यो पार्टीले आइतबार निस सहरमा आफ्ना सहयोगी एरिक सियोटी मार्फत जित हासिल गरेको छ। यसैबिच, पूर्व प्रधानमन्त्री एडुआर्ड फिलिप उत्तरी सहर ले हाभ्रेको मेयरमा पुनः निर्वाचित भएका छन्। यो जितले उनलाई सन् २०२७ को राष्ट्रिय निर्वाचनमा राष्ट्रपति पदको बलियो दाबेदारका रूपमा उभ्याएको छ।
यस पटकको निर्वाचनमा मतदानको प्रतिशत ४८ प्रतिशत रह्यो। यो सन् २०२० को कोभिड महामारीका बेला भएको निर्वाचनभन्दा केही बढी भए पनि सन् २०१४ को तुलनामा चार प्रतिशतले कम हो।
स्थानीय निर्वाचनको यो नतिजाले फ्रान्समा परम्परागत दलहरूको प्रभाव कायमै रहेको देखाए पनि अति-दक्षिणपन्थी शक्तिको बढ्दो उपस्थिति आगामी राष्ट्रिय राजनीतिको लागि चुनौतीपूर्ण हुने देखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण