जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ
सोमबार, ०९ चैत २०८२, ११ : १३
सारांश
- सिरहा प्रहरीले जेनजी आन्दोलनको बेला फरार एक कैदीलाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा कर्जन्हा नगरपालिका ७ मरेरवाका ३८ वर्षीय अंजनी कुशवाहा रहेका छन्।
- कुशवाहा केन्द्रीय कारागारबाट भदौ २४ गते फरार भएका थिए, र उनलाई घरबाट पक्राउ गरिएको हो।
काठमाडौँ । सिरहा प्रहरीले जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार काठमाडौँबाट फरार एक कैदीलाई पक्राउ गरेको छ । सोमबार जिल्ला प्रहरी कार्यालय सिरहा र प्रहरी चौकी कर्जन्हाबाट खटिएको प्रहरीको संयुक्त टोलीले कर्जन्हा नगरपालिका ७ मरेरवा बस्ने ३८ वर्षीय अंजनी कुशवाहालाई पक्राउ गरेको हो ।
कुशवाहा भदौ २४ गते केन्द्रीय कारागारबाट फरार भएका थिए । उनलाई घरमै लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका कुशवाहालाई सम्बन्धित कारागारमा बुझाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण