कोलम्बियामा १२१ जना सवार सैनिक विमान दुर्घटना
सारांश
- कोलम्बियामा १२१ जना सवार सैन्य विमान उड्ने बित्तिकै दुर्घटना हुँदा एक जनाको मृत्यु भयो र दर्जनौं घाइते भए।
- दुर्घटनामा ७७ जना घाइते भएका छन् भने अन्य ४३ जनाको अवस्था अझै अज्ञात छ, राष्ट्रपति पेट्रोले बताए।
- विमानमा सैनिक र चालक दलका सदस्यहरू सहित १२१ जना सवार थिए र दुर्घटनाको कारण अझै स्पष्ट छैन।
पुटुमायो । कोलम्बियाको दक्षिणी क्षेत्रमा १२१ जना सवार एउटा सैन्य विमान उड्ने बित्तिकै दुर्घटनामा परेको छ। पुटुमायो प्रान्तको पुएर्टो लेगुइजामोमा भएको यस दुर्घटनामा कम्तीमा एक जनाको मृत्यु भएको छ भने दर्जनौँ व्यक्ति घाइते भएका छन्।
रक्षा मन्त्री पेड्रो सान्चेजले अमेजन क्षेत्रको दुर्गम इलाकामा भएको यस घटनालाई ‘भयानक दुर्घटना’ को संज्ञा दिएका छन्। राष्ट्रपति गुस्ताभो पेट्रोका अनुसार दुर्घटनामा ७७ जना घाइते भएका छन् भने अन्य ४३ जनाको अवस्था अझै स्पष्ट हुन सकेको छैन।
विमानमा ११० सैनिक र ११ जना चालक दलका सदस्य गरी कुल १२१ जना सवार थिए। हर्कुलिस सी–१३० मोडलको उक्त विमानले सैनिकहरूलाई पुटुमायो प्रान्तकै अर्को सहरमा लैजाँदै गर्दा विमानस्थलबाट मात्र दुई किलोमिटरको दूरीमा समस्या आएर भुइँमा खसेको थियो। सुरुमा १२५ जना सवार रहेको भनिए पनि पछि वायुसेनाले १२१ जना रहेको पुष्टि गरेको हो।
वायुसेना कमाण्डर कार्लोस फर्नान्डो सिल्भाले दुर्घटनाको स्पष्ट कारण खुल्न नसकेको बताएका छन्। घाइतेहरूको उद्धारका लागि राजधानी बोगोटा र अन्य क्षेत्रबाट शय्यासहितका दुईवटा विशेष विमान घटनास्थल पठाइसकिएको छ।
कोलम्बियाले सन् १९६० को दशकदेखि हर्कुलिस विमान प्रयोग गर्दै आएको छ र हालैका वर्षहरूमा अमेरिकाको सहयोगमा पुराना विमानहरूलाई आधुनिकीकरण समेत गरेको थियो। गत महिना मात्रै बोलिभियामा पनि यस्तै प्रकारको विमान दुर्घटना भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण