बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
समाचार

धनुष सहकारीको साढे १२ करोड अपचलन, जैसीसहित तीन जना पक्राउ

मङ्गलबार, १० चैत २०८२, १८ : ५६
मङ्गलबार, १० चैत २०८२

सारांश

  • पोखराको धनुष सहकारी ठगी आरोपमा तीन जना पक्राउ परेका छन्, जसले १२ करोड ५६ लाख रुपैयाँ हिनामिना गरेको आरोप छ।
  • सहकारीका सचिव, व्यवस्थापक र ऋण उपसमिति सदस्यलाई प्रहरीले पक्राउ गरेको हो, जसमा वित्तीय अध्ययन अनुसार रकम अपचलनको आरोप लागेको छ।
  • पीडितहरूले रास्वपाका उम्मेदवार र रवि लामिछानेमाथि पनि आरोप लगाएका छन्, जसले सूर्यदर्शन सहकारीको रकम हिनामिना गरेको आरोप छ।

पोखरा । पोखराको धनुष सहकारी ठगी आरोपमा तीन जना पक्राउ परेका छन् । पोखरा ९ नयाँ बजारमा कार्यालय रहेको सहकारीबाट १२ करोड ५६ लाख रुपैयाँ हिनामिना भएको वित्तीय अध्ययनबाट खुलेको छ ।

कास्की प्रहरीले सहकारीका सचिव बिराज सुवेदी, व्यवस्थापक जगत पौडेल र ऋण उपसमिति सदस्य कृष्णबहादुर जैसी पक्राउ गरेको हो। वित्तीय विश्लेषकको प्रतिवेदन अनुसार सचिव सुवेदीले २ करोड २५ लाख र व्यवस्थापक पौडेलले १ करोड २५ लाख रुपैयाँ अपचलन गरेका छन् । 

यस्तै जैसीले ऋण उपसमितिमा रहँदा कृत्रिम खाता खडा गरी ८२ लाख रुपैयाँ हिनामिना गरेको आरोप छ । प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयले आइतबार उक्त प्रतिवेदन जिल्ला प्रहरी कार्यालयलाई बुझाएको हो ।

सोही आधारमा सोमबार जैसी पक्राउ परेका थिए भने बाँकी २ जना मंगलबार पक्राउ परेका हुन् । उक्त सहकारीको रकम अपचलनमा १३ जनालाई प्रतिवादी बनाइएको छ । 

रजिस्ट्रार भेषराज रिजालले सञ्चालकहरूले हिसाब मिलान गर्न नसकेपछि प्रतिवेदन सहितको पत्र प्रहरीलाई पठाइएको जानकारी दिए । अघिल्लो पुसमा गरिएको छानबिनबाट १९ करोड १८ लाख अनियमितता देखिएको थियो । पटक पटकको ताकेतापछि करिब ६ करोड मिलान भएको र बाँकी रकम मिलान हुन नसकेपछि मुद्दा दायर गरिएको हो ।

पक्राउ परेका जैसी सूर्यदर्शन सहकारीका पीडित समेत हुन् । उनको करिब १ करोड रुपैयाँ सहकारीमा फसेको दाबी गरेका छन् ।उनले निर्वाचनको समयमा कास्की ३ की रास्वपा उम्मेदवार बिना गुरुङलाई आफ्नो बच्चाको स्कुलको विल बुझाएका थिए । सोही घटनाबाट उनी चर्चामा समेत आए । अहिले उनै जैसी पक्राउ परेका हुन् ।

उनले रास्वपा सभापति रवि लामिछानेले समेत सूर्यदर्शनको रकम अपचलन गरेको आरोप लगाएका थिए । लामिछाने पीडितहरूको जाहेरीको आधारमा गत वर्ष पक्राउ परेर ६५ लाख धरौटीमा छुटेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप